5 years ago
December 14, 2019
पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को सम्पूर्ण तयारी पूरा भएको छ । आइतबार सुरु हुने पीपीएलको लागि आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रा.लि ले सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
पीपीएलमा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौं गोल्डेन वारीयर्स र एक्स्पर्ट धनगढी ब्लुज फ्रेन्चाइज टोली रहेका छन् । विराटनगरको प्रदीप ऐरी, पोखराको शरद भेषावकर, वुटवलको सोमपाल कामी, चितवनको पारस खड्का, काठमाडौंको ज्ञानेन्द्र मल्ल र धनगढीको दीपेन्द्र सिंह ऐरीले कप्तानी गर्ने छन् ।
यसपटक खेल हेर्न आएका दर्शकले ब्याट्सम्यानले छक्का हानेको बल एक हातले क्याच लिए रु १५ हजार प्राप्त गर्ने छन् । जुन एक्स्पर्ट एजुकेशनले प्रदान गर्ने छ । आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले सम्पूर्ण तयारी पूरा भएको बताएका छन् । ‘शनिवार सुरु गर्ने हाम्रो सोच थियो, तर मौसमको कारण एक दिन सानु पर्यो, तयारी सबै सकिएको छ । अव आइतबार मात्र खेल सुरु गर्न बाँकी छ’, उनले भने । पीपीएलको लागि सबै खेलाडी र अफिसल पोखरा आई सकेको लामा बताउछन् ।
पहिलो संस्करण हामीले भब्य रुपमा सकेका थियौं । दोस्रो संस्करणमा पनि समर्थकबाट राम्रो साथ पाउने आशा राखेका छौं, पिचको काम सकिएको छ, उनले भने । यस पटक ४५ सय देखी ५ हजार समर्थक अट्ने प्याराफिट बनेको छ । पीपीएलका सबै खेल निशुल्क रहने लामाले प्रष्ट पारेका छन् । शनिवार सम्म पोखरा रंगाशालमा रहेको क्रिकेट मैदानमा कार्य जारी छ । शुक्रबारको वर्षाको कारण केहि भाग हिलो भएपनि आइतबार सम्म सुकिसक्ने अनुमान गरिएको छ ।
मंसिर २९ देखी पुष १२ सम्म चल्ने प्रतियोपगताको विजेताले २७ लाख र उपविजेताले १० लाख रुपैयाँ नगद प्राप्त गर्ने छन् । प्रतियोगिताका म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरले टिभिएस मोटरसाइकल पाउने छन् । प्रतियोगिताको मोस्ट भ्यालुएवल खेलाडीलाई १ लाख र ईमर्जिङ्ग (उदीयमान) खेलाडीले रु ५० हजार रुपैंया पाउने छन् । प्रत्येक खेलमा म्यान अफ दि म्याच हुने खेलाडीले १० हजार प्राप्त गर्ने छन् ।
प्रत्येक खेलमा उत्कृट क्याच गर्ने खेलाडीलाई सुविसु किलियर टिभि क्लियर र प्रत्येक खेलमा सवै भन्दा छिटो अर्धसतक प्रहार गर्ने खेलाडीलाई सुविसु फास्टेस फिप्टि प्रदान गरिने आयोजकले जनाएको छ । जुन १ वर्षको लागी निशुल्क सुविसु केवलनेट प्रा.लिले इन्टर नेट र क्लियर टिभि उपलब्ध गराउनेछ । उद्धघाटन खेलमा आइतबार ज्ञानेन्द्र मल्ल कप्तान रहेको काठमाडौं गोल्डेन्स वारियर्स र शरद भेषावकर कप्तान रहेको गत वर्षको च्याम्पियन पोखरा पल्टन भिड्ने छन् ।
February 27, 2025
एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् । पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । […]
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]