9 years ago
June 27, 2016
काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार ब्याट्सम्यान शरद भेषावकरलाई नेपालका लागि ड्याटसन कारको आधिकारिक विक्रेता पायोनियर मोटो कर्पले आफ्नो ब्रान्ड एम्बेसडर तोकेको छ । शदर र पायोनियबीच आइतबार सम्झौता भएको थियो । शरदले अहिले कम्पनीसँग एक वर्षको सम्झौता भएको बताए ।
मध्यक्रमका दायाँ हाते ब्याट्सम्यान शरदले सन् २००४ मा युएईविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका थिए । उनले २०१० को आइसिसी विश्व क्रिकेट लिग डिभिजन–५ मा फिजीविरुद्ध अविजित १ सय ५ रन बनाएका थिए । त्यस्तै २०१४ को ट्वान्टी–२० विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध ४० रन र अफगानिस्तानविरुद्ध ३७ रनको महत्वपूर्ण इनिङ खेलेका थिए । टोली संकटमा परेका बखत धर्यतापूर्वक ब्याटिङ गर्नेमा उनी माहिर मानिन्छन् ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]