default_image

5 years ago

December 14, 2019

ब्राभोले सन्न्यास फिर्ता लिए

78 views

0 Bookmark

एजेन्सी – वेस्ट इन्डिजका अनुभवी अलराउन्डर ड्वेन ब्राभोले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास फिर्ता लिएका छन् । बाभ्रोले शुक्रबार वेस्ट इन्डिजको छनोट समितिलाई टि ट्वान्टी क्रिकेटको लागि आफु उपलब्ध जनाएका छन् ।

ब्राभोले गत वर्ष सन्न्यासको घोषणा गरेका थिए । सन् २०१६ मा पाकिस्तानसँगको तिन टि ट्वान्टी सिरिज यता बाभ्रोले वेस्ट इन्डिजको टोलीमा छैनन् । ब्राभोको अन्तर्राष्ट्रिय फ्रेन्चाइज टि ट्वान्टी क्रिकेट लिगमा प्रर्दशन उत्कृष्ट रहँदै आएको छ । उनले भनेका छन्,’आजदेखि म अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएको घोषणा गर्छु । यसमा सोच्न आवश्यक छैन, मैले आफ्नो समर्थक, सुभचिन्तक र वेस्ट इन्डिज क्रिकेटलाई माथि उठाउन यो निर्णय लिएको हुँ’।

बाभ्रोले नयाँ प्रशिक्षक फिल सिमन्स र कप्तान काइरोन पोलार्डसाथ क्रिकेट खेल्न उत्साहित रहेको बताएका छन् । त्यस्तै बाभ्रोले पुन वेस्ट इन्डिजले उत्कृष्ट टि २० टोली बन्न सक्ने बताएका छन् । उनले ६६ टि ट्वान्टी आईमा ११ सय ४२ रन बनाउनुको साथै ५२ विकेट लिएका छन् । वेस्ट इन्डिज क्रिकेट बोर्ड पनि बाभ्रोको निर्णयलाई सकारात्मक रुपमा लिएको छ ।

February 27, 2025

सान्त्वना जितको लागि भिड्दै पाकिस्तान र बंगलादेश

एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् । पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । […]

February 26, 2025

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड बाहिरियो

एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]

February 26, 2025

केपिएलको उपाधि भिमदत्तलाई

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]

Success

Thank you for your time.