default_image

5 years ago

December 14, 2019

पीपीएल नखेल्ने नेपाली खेलाडी

115 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेट प्रतियोगिताको सबै तयारी सकिएको छ । आइतबार सुरु हुने पीपीएलमा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौं गोल्डेन वारीयर्स र एक्स्पर्ट धनगढी ब्लुज गरि ६ शहरका ६ टोलीबीच प्रतिस्पर्धा हुने छ ।

लिग चरणमा एक अर्कासँग प्रतिस्पर्धा पछि शीर्ष टोली फाइनलमा पुग्ने छ । दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनलमा स्थान बनाउन एलिमिनेटर खेल्नुपर्ने समिकरण छ । पीपीएलको विजेताले २७ लाख र उप विजेताले १० लाख प्राप्त गर्ने छन् । समर्थक पनि पीपीएल हेर्न आतुर छन् । सिनियर टोलीका खेलाडी र अन्तर्राष्ट्रिय स्तरका टेलिभिजनमा देखिने खेलाडीको प्रर्दशन हेर्न समर्थक आतुर छन् ।

युवा खेलाडीलाई पीपीएल सिनियर टोलीसम्म पुग्ने राम्रो आधार बन्न सक्छ । लय बाहिर रहेका खेलाडीलाई आफुलाई प्रमाणित गर्दै सिनियर टोलीमा पुनरागमन गर्ने राम्रो अवसर हो । आफुलाई मन पर्ने खेलाडी रहेको टोलीलाई समर्थक र शुभचिन्तकले समर्थन गर्ने गर्दछन् । त्यस्तै पीपीएलमा केहि नेपाली खेलाडी खेल्ने छैनन् । पीपीएल नखेल्ने नेपाली खेलाडी यस प्रकार छन् ।

३. योगेन्द्र सिंह कार्की (अलराउन्डर)

राष्ट्रिय यू१९ टाली हुँदै घरेलु क्रिकेटमा छाएका अलराउन्डर योगेन्द्र सिंह कार्की पीपीएलमा देखिने छैनन् । सन् २०१६ मा यू१९ विश्वकप खेलेका योगेन्द्रले त्यस यता घरेलु फ्रेन्चाइज लिगमा निरन्तर अलराउन्डर प्रर्दशन गर्दै आएका थिए । तल्लोक्रममा ठूला सट खेल्न सक्ने योगेन्द्रले मध्यगतिमा बलिङ गर्ने गर्दछन् । पीपीएलमा एक्स्पर्ट धनगढी ब्लुजबाट २ खेलमात्रै मौका पाएका उनले १ विकेट लिनुको साथै २३ रन बनाएका थिए ।

Yogendra Half Century

योगेन्द्रले गत वर्ष इपीएलमा ललितपुरबाट ६ खेलमा ९ विकेट लिएका थिए । योगेन्द्रले इपीएलमा काठमाडौंले प्रस्तुत गरेका १ सय ९ रनको लक्ष्य पछ्याउने क्रममा ११ ओभरमा ५४–६ को अवस्थाबाट पुगेको ललितपुरलाई अविजित २८ रन जोड्दै हार टारेका थिए । बलिङतर्फ उनले २.५ ओभरमा १८ रन खर्चेर ३ विकेट लिदै म्यान अफ म्याच चुनिएका थिए । योगेन्द्रलाई एक्स्पर्ट धनजढी ब्लुजले फुकुवा गरेको थियो । तर अन्य टोलीले अनुबन्ध नगर्दा उनी पीपीएल बाहिर रहेका हुन् ।

२. सागर पुन (अलराउन्डर)

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सागर पुनले पनि पीपीएल खेल्ने छैनन् । गत पुषमा इपीएलमा काठमाडौं किंग्स इलाभेनबाट ललितपुरविरुद्ध बलिङ गर्ने क्रममा खुट्टामा समस्या देखिएपछि मैदान छाडेका सागरले डाक्टरको सल्लाह अनुसार दाइने खुट्टाको एंकलको शल्यक्रिया गरेका थिए ।

Sagar Pun

त्यसयता सागर मैदान बाहिर रहेका छन् । लामो समय देखी मैदान बाहिर रहेका सागरलाई बुटवल ब्लास्टर्सले फुकुवा गरेको थियो । सागरले गत पीपीएलमा बुटवलबाट ५ खेलमा २ विकेट लिनुको साथै ७९ रन बनाएका थिए । सागर नेटमा फर्किएपनि मैदान अझै फर्किएका छैनन् ।

१. सन्दीप लामिछाने (लेगस्पिनर)

लेग स्पिनर सन्दीप लामिछाने पनि पीपीएल खेल्ने छैनन् । गत वर्ष विराटनगरको कप्तानी गर्दै ५ खेलमा १० विकेट लिएका सन्दीपले पीपीएल नखेल्ने जनाएका छन् । दुइ साता अघि सन्दीपले आँखाको शल्यक्रिया गरेका थिए । सन्दीप अर्को साता देखी अष्ट्रेलियामा सुरु हुने बिग ब्यासको कारण पीपीएल नखेल्ने भएका हुन् । सन्दीप मेलबर्न स्टार्सबाट खेल्ने छन् । सन्दीपले नखेल्ने भएपछि विराटनगरले प्रदीप ऐरीलाई कप्तानको जिम्मेवारी दिएको छ ।

February 27, 2025

सान्त्वना जितको लागि भिड्दै पाकिस्तान र बंगलादेश

एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् । पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । […]

February 26, 2025

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड बाहिरियो

एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]

February 26, 2025

केपिएलको उपाधि भिमदत्तलाई

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]

Success

Thank you for your time.