5 years ago
December 14, 2019
एजेन्सी – अफगानिस्तानका १५ वर्षिय बायाँ हाते स्पिनर नूर अहमद आगमी संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनमा परेका छन् ।
शुक्रबार सार्वजनिक भएको अन्तिम खेलाडीको नामवलीमा उनको पनि नाम छ । आईपीएल अक्सनको लागि कुल ९ सय ७१ खेलाडीले आफ्नो नाम दर्ता गराएका थिए । जसबाट ३ सय ३२ खेलाडी अक्सनमा जाने भएका छन् ।
अक्सनमा जाने खेलाडीमा १ सय ८६ भारतीय, १ सय ४३ टेष्ट र ३ एसोसिएट राष्ट्रका रहेका छन् । २४ खेलाडी पहिलो पटक अक्सनमा परेको बताइएको छ । स्पिनर नूर अहमद हाल १४ वर्ष ३ सय ४४ दिनका भएका छन् । गत नोभेम्बरमा भारत यू१९ सँगको पाँच एकदिवसीय सिरिजमा उत्कृष्ट प्रर्दशन गरेका नूरलाई अक्सनमा पर्न सहज भएको हो । जुन सिरिजमा नूरले ५ खेलमा ९ विकेट लिएका थिए । १ प्रथम श्रेणी र ७ टि ट्वान्टी एस खेलि सकेका नूर आगमी वर्ष हुने यू१९ विश्वकपको लागि आफगानिस्तानको टोलीमा पनि छन् ।
आईपीएलको अक्सनमा ७ खेलाडीले आफ्नो न्युनतम मूल्य २ करोड राखेका छन् । अष्टेलियाका तीब्र गतिका बलर प्याट कमिन्स, जोशन हेजलवुड, ओपनर क्रिस लिन, मिचेल मार्श, विश्फोटक ब्याट्सम्यान ग्लेन म्याक्सवेल, दक्षिण अफ्रिकाका डेल स्टेन र श्रीलंकाका एन्जिलो म्याथ्युजले न्युनतम मूल्य २ करोड राखेका हुन् । त्यस्तै १ करोड ५० लाख न्युनतम मुल्य राख्ने १०, १ करोड राख्ने २३, ७५ लाख राख्ने १६ र ५० लाख राख्ने ७८ जना खेलाडी छन् । नेपाली खेलाडीले भने नाम नै दर्ता गराएका थिएनन् । आईपीएल अक्सन पुष ३ मा कोलकतामा हुने छ ।
February 27, 2025
एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् । पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । […]
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]