default_image

5 years ago

December 13, 2019

पिपिएलको रेस पार्टनर्स अपाचे सिरिज

65 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– पोखरा प्रिमियर लिग (पिपिएल) को रेस पार्टनरका रुपमा अपोचे सिरिज रहेको छ । टिभिएस मोटर साइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले पिपिएलका लागि अपाचे सिरिजलाई रेस पार्टनरका रुपमा प्रस्तुत गरेको छ ।

त्यसका लागि जगदम्बा मोटर्स प्रालीका प्रबन्ध निर्देशक शाहिर अग्रवाल र पिपिएलको आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । पिपिएलका म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई टिभिएस मोटरसाइकल प्राप्त गर्नेछन् ।

दोस्रो संस्करणको पिपिएलको शुक्रबार पोखरामा ट्रफी सार्वजनिक गरेको छ । कार्यक्रममा ५ टोलीका कप्तानको सहभागिता थियो । पिपिएलमा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौं गोल्डेन वारीयर्स र धनगढी ब्लुज छन् । विराटनगरका प्रदीप ऐरी, काठमाडौंका ज्ञानेन्द्र मल्ल, धनगढीका दीपेन्द्र सिंह ऐरी, चितवनका पारस खड्का र बुटवलका सोमपाल कामी उपस्थित रहेका थिए । पोखराका कप्तान शरद भेषावकरको अनुपस्थितिमा विनोद भण्डारी उपस्थित थिए ।

प्रतिकुल मौसमका कारण शनिबार हुने भनिएको काठमाडौं गोल्डेन्स र पोखरा पल्टनबीचको उद्घाटन खेल आइतबारको लागि सारिएको छ । पुष १२ गते सम्म चल्ने पिपिएलमा पूर्व निर्धारित विश्रामको दिन पुष ९ गते बुटवल र विराटनगरबीच प्रतिस्पर्धा हुनेछ । पिपिएलको विजेताले २७ लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

पिपिएलको मोस्ट भ्यालुएवल खेलाडीलाई १ लाख र उदयमान खेलाडीलाई रु ५० हजार रुपैंया पाउनेछन् । प्रत्येक खेलमा नेपाल टेलिकम म्यान अफ दि म्याच हुने खेलाडीलाई १० हजार प्राप्त गर्ने छन् । प्रत्येक खेलमा उत्कृट क्याच गर्ने खेलाडिलाई सुविसु क्लियर टिभि किलियर र प्रत्येक खेलमा सबै भन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडीलाई सुबिसु फास्टेस फिफ्टी प्रदान गरिने बताइएको छ । गत वर्ष चितवन राइनोजलाई ३ विकेटले हराउँदै पोखरा च्याम्पियन बनेको थियो ।

February 27, 2025

सान्त्वना जितको लागि भिड्दै पाकिस्तान र बंगलादेश

एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् । पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । […]

February 26, 2025

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड बाहिरियो

एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]

February 26, 2025

केपिएलको उपाधि भिमदत्तलाई

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]

Success

Thank you for your time.