5 years ago
December 13, 2019
पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) को ट्रफी सार्वजनिक भएको छ । आयोजक क्विन्स इभेन्ट म्यान्जेमेन्टले शुक्रबार पोखरामा एक कार्यक्रमबीच ट्रफी सार्वजनिक गरेको हो ।
ट्रफी सार्वजनिक कार्यक्रममा ५ टोलीका कप्तानको सहभागिता थियो । पीपीएलमा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौं गोल्डेन वारीयर्स र धनगढी ब्लुज छन् । कार्यक्रममा विराटनगरका प्रदीप ऐरी, काठमाडौंका ज्ञानेन्द्र मल्ल, धनगढीका दीपेन्द्र सिंह ऐरी, चितवनका पारस खड्का र बुटवलका सोमपाल कामी उपस्थित रहेका थिए । पोखराका कप्तान शरद भेषावकरको अनुपस्थितिमा विनोद भण्डारी उपस्थित थिए ।
त्यस्तै प्रतिकुल मौसमका कारण शनिबार हुने भनिएको काठमाडौं गोल्डेन्स र पोखरा पल्टनबीचको उद्धघाटन खेल आइतबार सारिएको छ । पीपीएल मंसिर २९ देखि पुष १२ सम्म चल्ने छ । पुष ९ गतेको विश्रामका दिन वुटवल र विराटनगर भिड्ने छन् ।
पीपीएलको विजेताले २७ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितका म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल प्रदान गर्ने आयोजकले जनाएको छ । यस्तै प्रतियोगिताको मोस्ट भ्यालुएवल खेलाडीलाई १ लाख र उदयमान खेलाडीलाई रु ५० हजार रुपैंया साथै प्रत्येक खेलमा नेपाल टेलिकम म्यान अफ दि म्याच हुने खेलाडीलाई १० हजार प्राप्त गर्ने छन् ।
प्रत्येक खेलमा उत्कृट क्याच गर्ने खेलाडिलाई सुविसु क्लियर टिभि किलियर र प्रत्येक खेलमा सवै भन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडीलाई सुबिसु फास्टेस फिफ्टी प्रदान गरिने जनाएको छ । गत वर्ष पोखराले चितवन राइनोजलाई ३ विकेटले हराउँदै उपाधि जितेको थियो ।
February 27, 2025
एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् । पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । […]
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]