5 years ago
December 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को लागि सोमपाल कामी कप्तान रहेको बुटवल ब्लास्टर्सले तीनै जना भारतीय खेलाडीलाई टोलीमा अनुबन्ध गरेको छ ।
गत वर्ष यूएईका पुर्व कप्तान तथा अलराउन्डर रोहन मुस्तफा र ओपनर चिराग सुरीलाई अनुबन्ध गरेको बुटवलले यस पटक भारतीय अफ्ताब उदीन, शिवम सिंह र हर्ष टोन्कलाई टोलीमा अनुबन्ध गरेको जनाएको छ । यी तीनै जना भारतीय स्टेट स्तरको घरेलु क्रिकेट खेल्दै आएका खेलाडी हुन् ।
२६ वर्षिय अफ्ताबले राजस्थानबाट घरेलु क्रिकेट खेल्ने गर्दछन् । शिवमले भारतीय स्टेट स्तरीय प्रतियोगितामा ६४ खेलमा ६० इनिङमा २ हजार ४ सय ३३ रन बनाएका छन् । जसमा ८ शतक र ९ अर्ध शतक सामेल छ । उनको उत्कृष्ट प्रर्दशन २ सय ९ अविजित छ । शिवम सिंह विकेटकीपर र बलिङ पनि गर्ने गर्दछन् ।
हर्ष अलराउन्डर हुन् । बुटवलले पीपीएलमा मंसिर २९ मा काठमाडौं गोल्डेन्ससँग खेल्दै सुरुवात गर्ने छ । गत वर्ष पीपीएलमा सोमपालको टोली ५ खेलमा ३ मा हार र २ मा जित सहित पाँचौ स्थानमा रहेर बाहिरिएको थियो ।
बुटवलको टोली:
सोमपाल कामी (कप्तान), मोहम्मद साम्सद शेख, सिद्धान्त लोहनी, हरि बहादुर चौहान, ललित भण्डारी, शंकर राना, पुरण बि.क, हसिम अन्सारी, भिम सार्की, अभिनास बोहोरा, नितेश थापा, बिपिन खत्री, शेर मल्ल र कमल खत्री ।
विदेशी खेलाडी :
अफ्ताब उदीन, शिवम सिंह र हर्ष टोन्क (तीनै जना भारतीय)
February 27, 2025
एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् । पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । […]
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]