default_image

5 years ago

December 12, 2019

धनगढीले ल्यायो नेपालविरुद्ध शतक हान्ने खेलाडी

141 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एक्स्पर्ट धनगढी ब्लुजले शनिवार देखी सुरु हुने दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) को लागि आईपीएल अनुभवी अलराउन्डर अमित यादव र दुई क्यानडाका खेलाडीलाई टोलीमा भित्र्याएको छ ।

धनगढीले भारतीय अलराउन्डर अमित यादव, क्यानडाका बायाँ हाते ब्याट्सम्यान रोड्रिगो थोमस र विकेटकीपर श्रीमन्था विजयरत्नेलाई टोलीमा भित्र्याएको हो । गोवाबाट घरेलु क्रिकेट खेल्ने अमितले ३७ प्रथम श्रेणी, ३५ लिष्ट लिए र ३६ टि ट्वान्टी एस खेलेका छन् । अमितले प्रथम श्रेणीमा ९ सय ६०, लिष्ट ए मा ५ सय १२ र टि ट्वान्टी एसमा ३ सय १४ रन जोडेका छन् । प्रथम श्रेणीमा १ सय १३, लिष्ट ३३ र टि ट्वान्टी एसमा ३२ विकेट उनको नाममा छ ।

अमित २०१२ को आईपीएलमा किंस इलाभने पञ्जावको टोलीमा थिए । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले स्पोट मिलेमहतो मुद्धामा अमितलाई १ वर्षका लागि प्रतिबन्ध लगाएको थियो । बाँया हाते थोमसले क्यानडाबाट ८ टि ट्वान्टी आईमा ७३ रन र १३ लिष्ट ए मा ३ सय १ रन बनाएका छन् ।

श्रीमन्थाले क्यानडाबाट २ टि ट्वाटी आई, ६ प्रथम श्रेणी र ३८ लिष्ट ए खेलेका छन् । श्रीमन्थाले श्रीलंकाको यू१९ टोलीबाट पनि खेलेका थिए । ओपनर श्रीमन्थाले सन् २०१८ मा नामिबियामा भएको डिभिजन टु मा नेपालविरुद्ध १ सय ५२ बलमा ८ चौका सहित १ सय ३ रनमा अविजित रहँदै शतीकय इनिङ खेलेका थिए । जुन खेलमा करण केसीले अविश्वसयिन अविजित ४२ रन जोड्दै नेपाललाई विश्वकप छनोटमा पुर्याएका थिए ।

धनगढीले मंसिर २९ मा विराटनगर टाइटन्सविरुद्ध खेल्दै पीपीएलमा सुरुवात गर्ने छ । धनगढी गतवर्ष ५ खेलमा ३ मा जित र २ मा हार सहित नेट रनरेटले पछि पर्दै लिग चरणबाटै बाहिरिएको थियो ।

धनगढीको टोली :

दीपेन्द्र सिंह ऐरी (कप्तान), मञ्जित श्रेष्ठ, रोबिन क्षेत्री, सन्दीप सुनार, कमल सिंह ऐरी, सागर ढकाल, सन्दीप जोरा, फिर्दोस अन्सारी, सौरव खनाल, विक्रम ठगुन्ना, सन्दीप रजाली, सुनम गौतम र अनिल खरेल ।

विदेशी खेलाडी:

अमित यादव (भारत), श्रीमन्था विजयरत्ने र रोड्रिगो थोमस (दुबै क्यानडा) ।

February 27, 2025

सान्त्वना जितको लागि भिड्दै पाकिस्तान र बंगलादेश

एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् । पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । […]

February 26, 2025

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड बाहिरियो

एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]

February 26, 2025

केपिएलको उपाधि भिमदत्तलाई

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]

Success

Thank you for your time.