default_image

5 years ago

December 12, 2019

पीपीएल विजेताले २७ लाख पाउने

96 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को विजेताले २७ लाख प्राप्त गर्ने भएको छ ।

आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले एक प्रेस विज्ञप्ती जारी गर्दै पुरस्कार राशि घोषणा गरेको हो । मंसिर २८ गतेदेखि पुस १२ गतेसम्म चल्ने प्रतियोगितामा नेपालका ६ सहरका ६ फ्रेञ्चाइज टिमहरुको सहभागिता रहनेछ । विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौं गोल्डेन वारीयर्स र धनगढी ब्लुज छन् ।

पीपीएलको विजेताले २७ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्ने छन् । गत वर्षको च्याम्पियन पोखरा पल्टनले फाइनलमा चितवनलाई हराउँदै नगद २७ लाख रुपैयाँ प्राप्त गरेको थियो । उपविजेता चितवन राइनोजले १० लाख चित्त बुझाएको थियो ।

प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीले मोटरसाइकल प्राप्त गर्ने छन् । म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले उपलब्ध गराउने टिभिएस मोटरसाइकल प्रदान गर्ने जनाएको छ ।

यस्तै प्रतियोगिताको मोस्ट भ्यालुएवल खेलाडीलाई १ लाख र उदयमान खेलाडीलाई रु ५० हजार रुपैंया साथै प्रत्येक खेलमा नेपाल टेलिकम म्यान अफ दि म्याच हुने खेलाडीलाई १० हजार प्राप्त गर्ने छन् ।

प्रत्येक खेलमा उत्कृट क्याच गर्ने खेलाडिलाई सुविसु किलियर टिभि किलियर र प्रत्येक खेलमा सवै भन्दा छिटो अर्धसतक प्रहार गर्ने खेलाडीलाई सुविसु फास्टेस फिप्टि प्रदान गरिने जनाएको छ । जुन १ वर्षको लागी निशुल्क सुविसु केवलनेट प्रा.लिले इन्टर नेट र किलियर टिभि उपलब्ध गराउनेछ ।

उद्धघाटन खेल मंसिर २८ मा शरद भेषावकर कप्तान रहेको पोखरा पल्टन र ज्ञानेन्द्र मल्ल कप्तान रहेको काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा हुने छ । पीपीएलमा कुल १७ खेल हुने छन् । लिग चरण पछि शीर्ष टोली स्वतः फाइनलमा पुग्ने छ । दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि एलिमिनेटर खेल्नु पर्ने समिकरण छ । पुछारमा रहने तीन टोली लिग चरणबाटै बाहिरने छन् । फाइनल पुष १२ गते हुने छ ।

February 9, 2025

फिलिप्सको शतकमा न्युजिल्याण्डको विजयी सुरुवात

एजेन्सी – ग्लेन फिलिप्सको शतक सहयोगमा न्युजिल्याण्ड पाकिस्तानमाथि फराकिलो जित हात पारेको छ । शनिवारबाट सुरु पाकिस्तान, न्युजिल्याण्ड र दक्षिण अफ्रिका सम्मिलित त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली ७८ रनले पराजित भएको हो । न्युजिल्याण्डले दिएको ३ सय ३१ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४७.५ ओभरमा २ सय ५२ रनमा समेटिएको थियो । त्यसअघि पाकिस्तानको लाहोरमा […]

February 9, 2025

लिग टु – अमेरिकाले नामिबियालाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – विश्व कप लिग टुमा शीर्ष स्थानको अमेरिकाले नामिबियालाई पराजित गरेको छ । अमेरिकाले शनिवार नामिबियालाई १ सय १४ रनको फराकिलो अन्तरले पराजित गर्यो । प्राविधिक कारण ढिला सुरु भएकोले खेल ४३ ओभरमा छोट्याइएको थियो । २ सय ९४ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.२ ओभरमा १ सय ७९ रनमा अल आउट भएको थियो […]

February 8, 2025

कुशलको अलराउण्ड प्रदर्शनमा डडेलधुरा फाइनलमा

काटमाडौं(हाम्रो खेलकुद) – कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनको सहयोगमा फ्रेन्ड्स युथ क्लब डडेलधुरा धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा शनिवार न्यु होराइजन बुटवललाई ५ विकेटले हराउँदै डडेलधुरा फाइनल पुगेको गहो । डडेलधुराले उपाधिका लागि सोमवार डिसीए धनगढी र सिवाईसी अत्तरिया मध्ये एक‌सँग फाइनल हुनेछ । ८३ रनको सामान्य […]

Success

Thank you for your time.