default_image

5 years ago

December 12, 2019

काठमाडौंमा गौरव सहित तीन स्टार विदेशी खेलाडी

118 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं गोल्डेन्सले दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) मा तीनै जना भारतीय खेलाडी भित्र्याएको छ ।

नेपाली घरेलु फ्रेन्चाइज लिगमा उत्कृष्ट प्रर्दशन गर्दै आएका विश्फोटक ब्याट्सम्यान गौरव तोमर, बायाँ हाते विकेटकीपर जयकिशन कोल्सावाला र अलराउन्डर सुवोध भाटीले काठमाडौंबाट खेल्ने भएका छन् । गत पुषमा तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) ज्ञानेन्द्र मल्ल कप्तान रहेको ललितपुर प्याट्रियटर्सले जित्दा जयकिशन र तोमरको प्रर्दशन उत्कृष्ट थियो ।

पीपीएलमा गौरवले हुलास काठमाडौं रोयल्सबाट ६ खेलमा २ सय १२ रन बनाउँदै उत्कृष्ट ब्याट्सम्यान घोषित भएका थिए । जसमा १६ चौका र १४ छक्का सामेल थियो । उनी पीपीएलमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी बनेका थिए । कोल्सावालले पनि पीपीएल काठमाडौंबाटनै ६ खेलमा १ सय १९ रन जोडेका थिए ।

सुवोध दिल्लीबाट रणजी ट्रफि खेलि सकेका तीब्र गतिका बलिङ अलराउन्डर हुन् । तल्लोक्रममा ठूला सट खेल्ने गर्दछन् । सुवोधले दोस्रो संस्करणको डीपीएलमा काठमाडौंबाटै १ सय १६ रन बनाउनुको साथै ८ विकेट लिएका थिए । दिल्लीबाट निरन्तर घरेलु लिग खेल्दै आएका सुबोधले ६ प्रथम श्रेणी, २४ लिष्ट ए र ३९ टि ट्वान्टी एस खेलेका छन् ।

गत वर्ष ललितपुरलाई इपीएलको च्याम्पियन बनाउन गौरभले ७ खेलमा २ सय २९ रन बनाएका थिए । कोल्सावालाले ७ खेलमा १ सय ८८ रन जोडेका थिए । डीपीएलमा कोल्सावालले ७ खेलमा १ सय ५९ रन बनाउँदै सिवाइसी अत्तरियालाई उपाधि सहज बनाएका थिए ।

तोमरले काठमाडौंबाट खेल्दै उत्कृष्ट प्रर्दशन गरेका थिए । यी तीनै खेलाडीको प्रर्दशन नेपाली घरेलु लिगमा उच्च रहँदै आएको छ । गत वर्ष हुलास रोयल्स काठमाडौंको स्थानमा काठमाडौं गोल्डेन्स आएको हो । काठमाडौंले मंसिर २८ मा पोखरा पल्टनसँग खेल्दै पीपीएलको सुरुवात गर्ने छ । पीपीएल मंसिर २८ देखी पुष १२ सम्म चल्ने छ ।

काठमाडौं गोल्डेन्सको टोली:

ज्ञानेन्द्र मल्ल (कप्तान), पवन सरार्फ, सुसन भारी, पृथु बास्कोटा, अमर सिंह राउटेला, आदिल खान, नन्दन यादव, बसन्त रेग्मी, अमित श्रेष्ठ, सुवास खकुरेल र अमृत भट्टाई ।

विदेशी खेलाडी:

गौरव तोमर, जयकिशन कोल्सावाला र सुवोध भाटी (तीनै जना भारतीय)

February 27, 2025

सान्त्वना जितको लागि भिड्दै पाकिस्तान र बंगलादेश

एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् । पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । […]

February 26, 2025

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड बाहिरियो

एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]

February 26, 2025

केपिएलको उपाधि भिमदत्तलाई

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]

Success

Thank you for your time.