default_image

5 years ago

December 12, 2019

पुनित र आलमले विराटनगरबाट खेल्ने

91 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को लागि विराटनगर टाइन्टसले दुई खेलाडीको नाम सार्वजनिक गरेको छ ।

पाकिस्तानका ब्याटिङ अलराउन्डर मोहम्मद जैद आलम र भारतीय बायाँ हाते अलराउन्डर पुनित मेहराले पीपीएल विराटनगरबाट खेल्ने छन् । जैदले गत वर्ष विराटनगरबाटै खेलेका थिए भने पुनितले पहिलो पटक खेल्न लागेका हुन् । विराटनगर लिग चरणबाटै बाहिरिएपनि जैदले ४ खेलमा ३ अर्ध शतक सहित २ सय ९ रन बनाउँदै उत्कृष्ट प्रर्दशन गरेका थिए ।

पुनितले गत वर्ष डिपिएलमा रुपन्देही च्यालेन्जर्सबाट ६ खेलमा ६४ रन बनाउनुको साथै १२ विकेट लिएका थिए । पुनितले इपीएलमा भैरहवा ग्याडियटर्सबाट खेलेका थिए । यस पटक देखी पीपीएलमा तीन खेलाडी राख्न पाउने प्रावधान छ । विराटनगरले तेस्रो विदेशी खेलाडीसँग निरन्तर कुराकानी गरेपनि अन्तिम नाम टुङ्ग्याउन बाँकी रहेको जनाएको छ ।

विराटनगर पहिलो संस्करणमा ५ खेलमा ४ मा हार र १ मा जित सहित पुछारमा रहेर बाहिरिएको थियो । गत वर्ष विराटनगरको कप्तानी सन्दीप लामिछानेले गरेका थिए । यस पटक विराटनगरको कप्तानी प्रदीप ऐरीले गर्ने छन् । सन्दीपले विग ब्यासको कारण पीपीएल खेल्ने छैनन् । पीपीएलमा विराटनगरले पहिलो खेल मंसिर २९ मा एक्स्पर्ट धनगढी ब्लुजसँग खेल्ने छ ।

विराटनगरको टोली :

प्रदीप ऐरी (कप्तान), दिलिप नाथ, दीपेश श्रेष्ठ, जितेन्द्र मुखिया, किशोर महतो, लब कामत, मिनस थापा, पुष्प थापा, राजेश पुलामी मगर, राजु रिजाल, साहव आलम , सुनिल धमला र लोकेश बम ।

विदेशी खेलाडी :

पुनित मेहरा, मोहम्मद जैद आलम र एक टुङ्गो लाग्न बाँकी ।

February 27, 2025

सान्त्वना जितको लागि भिड्दै पाकिस्तान र बंगलादेश

एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् । पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । […]

February 26, 2025

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड बाहिरियो

एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]

February 26, 2025

केपिएलको उपाधि भिमदत्तलाई

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]

Success

Thank you for your time.