default_image

5 years ago

December 12, 2019

सन्नी, बाबर र रोहन नै चितवनबाट खेल्ने

174 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) मा पारस खड्का कप्तान रहेको चितवन राइनोजबाट खेल्ने तीन विदेशी खेलाडीको नाम सार्वजनिक भएको छ ।

चितवनबाट बाबर हायत, यूएईका अलराउन्डर रोहन मुस्तफा र भारतका अलराउन्डर सन्नी पटेल रहेका छन् । बाबरले केहि महिना अघि हङकङको टोली छाडेका थिए । रोहन मुस्तफाले गत वर्ष पीपीएलमा बुटवल ब्लास्टबाट खेल्दै ५ खेलमा १ सय २७ रन जोडेका थिए । बाबरले विराटनगर वारियर्सबाट इपीएल खेलेका थिए । गत वर्ष नेपालका तीनै फ्रेन्चाइज लिगमा सन्नी म्यान अफ द सिरिज चुनिएका थिए ।

इपीएलमा ललितपुर प्याट्रियटर्स र डीपीएलमा धनगढीलाई च्याम्पियन बनाउन सन्नीको अलराउन्डर प्रर्दशन उत्कृष्ट थियो । लेग स्पिनर सन्नी ठूला सटका लागि परिचित छन् । सन्नीले एकल प्रर्दशनबाट नतिजा उल्टाउन सक्छन् । गतवर्ष चितवनलाई फाइनलमा पुर्याउन सन्नीले उत्कृष्ट प्रर्दशन गरेका थिए ।

पीपीएलमा सन्नीले ७ खेलमा ४ मा नट आउट रहँदै १ सय ९४ रन र १० विकेट लिदै म्यान अफ द सिरिज घोषित भएका थिए । इपीएलमा ललितपुरलाई च्याम्पियन बनाउन ७ खेलमा १० विकेट लिदै म्यान अफ द सिरिज चुनिएका थिए ।

गत फाुगमा डीपीएलमा सिवाइसी अत्तरियालाई उपाधि दिलाउन पटेलले ६ खेलमा २ सय २ रन बनाएका थिए । जसमा १२ चौका र १३ छक्का सामेल थियो । पटेलले ९ विकेट लिएका थिए । सन्नी डीपीएलमा म्यान अफ द सिरिज र उत्कृष्ट ब्याट्सम्यान घोषित भएका थिए । नेपाली तीनै फ्रेन्चाइज लिगमा सन्नीको प्रर्दशन लोभलाग्दो छ ।

यस पटक पीपीएलमा हरेक टोलीले तीन विदेशी खेलाडी राख्न पाउने छन् । अन्य दुई खेलाडीको लागि पनि निरन्तर प्रयास गरि रहेको र विहीवार सम्म टुङ्गो लाग्ने चितवन राइनोजले जनाएको छ ।

चितवन राइनोजको टोली :

पारस खड्का (कप्तान), अनिल कुमार शाह, भुवन कार्की, हरि शंकर शाह, करण केसी, आरिफ शेख, रामनरेश गिरी, सोनु तामाङ, सुमित महर्जन, विक्रम शोब र विक्रम भुषाल ।

विदेशी खेलाडी :

सन्नी पटेल, बाबर हायत र रोहन मुस्तफा ।

February 27, 2025

सान्त्वना जितको लागि भिड्दै पाकिस्तान र बंगलादेश

एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् । पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । […]

February 26, 2025

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड बाहिरियो

एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]

February 26, 2025

केपिएलको उपाधि भिमदत्तलाई

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]

Success

Thank you for your time.