default_image

5 years ago

December 12, 2019

विराट, रोहित र लोकेश चम्कँदा भारतलाई सिरिज उपाधि

112 views

0 Bookmark

एजेन्सी – कप्तान विराट कोहलीको विश्फोटक ब्याटिङ, ओपनर रोहित शर्मा र लोकेश राहुलको उत्कृष्ट अर्ध शतकमा वेस्ट इन्डिजसँगको तीन टि ट्वान्टी सिरिज भारतले जितेको छ ।

बुधबार राती सम्पन्न तेस्रो तथा अन्तिम टि ट्वान्टी खेलमा वेस्ट इन्डिजलाई ६७ रनले हराउँदै भारतले तीन टि ट्वान्टी सिरिज २–१ ले जितेको हो । २ सय ४१ रनको विशाल लक्ष्य पछ्याएको वेस्ट इन्डिज २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७३ रन बनायो । उसका लागि कप्तान काइरोन पोलार्डले सर्वाधिक ६८ रनको योगदान दिए । १५ ओभरको अन्तिम बलमा भुवनेश्वर कुमारले रविन्द्र जडेजाबाट क्याच आउट गराउनुअघि पोलार्डले ३९ बलमा ५ चौका र ६ छक्का प्रहार गरे ।

ओपनर लेन्डन सिमोन्स ७, बेन्डन किङ ५, निकोलस पूरन शून्य, जोसन होल्डर ८ र हेडन वाल्श ११ रनमा आउट भए । भारतका भुवनेश्वर कुमार, कुलदीप यादव र मोहम्मद शामी र दीपक चाहरले समान २–२ विकेट लिए ।

त्यसअघि वानखडेमा टस हारेर ब्याटिङ थालेको भारतले २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ४० रन बनाएको थियो । ओपनर लोकेश (केएल) राहुलले सर्वाधिक ९१ रनको योगदान दिए । अन्तिम ओभरको चौथो बलमा शिल्डन कर्टेलले कप्तान काइरोन पोलार्डबाट क्याच आउट गराउनु अघि लोकेशले ५६ बलमा ९ चौका र ४ छक्का प्रहार गरे ।

विराट कोहलीले विश्फोटक ब्याटिङ गर्दै २९ बलमा ४ चौका र ७ छक्का सहित ७० रनमा अविजित रहे । कोहलीले २१ बलमा अर्ध शतक पुरा गरेका थिए । ओपनर रोहित शर्मा ७१ रनमा क्याच आउट भए । के्रसिक वालिम्सले क्याच आउट गराउनु अघि रोहितल ३४ बलमा ६ चौका र ५ छक्का प्रहार गरे । विकेटकीपर ऋषभ पन्तले खाता खोल्न सकेनन् ।

पहिलो विकेटका लागि रोहित र राहुलले ११.४ ओभरमा १ सय ३५ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । तेस्रो विकेटका लागी लोकेश र विराटबीच ९५ रनको साझेदारी भएको थियो । वेस्ट इन्डिजका शिल्डन कर्टेल, केस्रिक वालिम्स र कप्ताान काइरोन पोलार्डले १-१ विकेट लिए ।

पहिलो खेलमा भारत ६ विकेटले विजयी हुँदा दोस्रो खेलमा ८ विकेटले पराजित थियो । भारत र वेस्ट इन्डिजबीच तीन ओडीआई सिरिज पनि हुने छ । पहिलो ओडीआई खेल आइतबार हुने छ ।

February 27, 2025

सान्त्वना जितको लागि भिड्दै पाकिस्तान र बंगलादेश

एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् । पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । […]

February 26, 2025

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड बाहिरियो

एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]

February 26, 2025

केपिएलको उपाधि भिमदत्तलाई

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]

Success

Thank you for your time.