5 years ago
December 11, 2019
काठमाडौं (हाम्रो खेलकुद) – भारतीय विष्फोटक ब्याट्सम्यान रविइन्दर सिंहले पोखरा प्रिमियर लिग (पीपीएल) मा पोखरा पल्टनबाटै खेल्ने भएका छन् । गत वर्ष पोखरा पल्टनलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रर्दशन गरेका थिए ।
रविइन्दरले नेपाली फ्रेन्चाइज लिगमा उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । ठूला सटका लागि माहिर रविइन्दरले एभरेष्ट प्रिमियर लिग (इपीएल) मा पनि उत्कृष्ट प्रर्दशन गरेका थिए । गत वर्ष पीपीएलमा रविइन्दरले ६ खेलमा २ अर्ध शतक सहित २ सय ६० रन बनाउँदै उत्कृष्ट ब्याट्सम्यान चुनिएका थिए । फाइनलमा उनले चितवन विरुद्ध ५८ बलमा १३ चौका र ३ छक्का सहित ९० रन जोड्दै उपाधि पक्का गरेका थिए । उनले पीपीएलमा २८ चौका र १२ छक्का प्रहार गरेका थिए ।
गतवर्ष इपीएलमा रविइन्दर भैरहवा ग्ल्याडियर्टसबाट खेल्दै सर्वाधिक रन बनाउने खेलाडीमा शीर्ष स्थानमै रहेका थिए । रविइन्दरले ८ खेलमा १ शतक र १ अर्ध शतक सहित कुल ३ सय ३७ रन जोडेका थिए । जसमा २६ चौका र १८ छक्का प्रहार गरेका थिए । रविइन्दरले ६० बलमा ८ चौका र १० छक्का सहित १ सय २५ रनमा अविजित रहेपछि भैरहवाले पोखरा राइनोजले प्रस्तुत गरेको २ सय १६ रनको लक्ष्य पुरा गरेका थियो ।
यस पटक पीपीएलमा ३ विदेशी खेलाडी राख्ने प्रावधान छ । पोखराले दोस्रो विदेशी खेलाडीको रुपमा भारतीय बायाँ हाते अलराउन्डर पराग खानपुकारलाई भित्र्याएको छ । परागले मुम्बईबाट घरेलु क्रिकेट खेल्ने गर्दछन् । विजय हजारे ट्रर्फि खेलि सकेका परागले ८ लिष्ट ए खेलमा १ शतक सहित २ सय २४ रन बनाएका छन् । उनी लेग स्पिनर हुन् ।
पहिलो संस्करणको च्याम्पियन पोखराले मंसिर २८ मा काठमाडौं गोल्डेनसँग खेल्दै पीपीएलमा सुरुवात गर्ने छ । तेस्रो विदेशी खेलाडी भने टुङ्गो लाग्न बाँकी रहेको पोखरा पल्टनले जनाएको छ । पीपीएल मंसिर २८ देखी पुष १२ सम्म पोखरा रंगशालामा चल्ने छ ।
पोखरा पल्टनको टोली:
रोहित कुमार पौडेल, विनोद भण्डारी (विकेटकीपर), ललित नारायण राजवंशी, राशिद खान, कृष्ण कार्की, कुशल भुर्तेल, महबुब आलम, आशिफ शेख, इशान पाण्डे, शरद भेषावकर(कप्तान), कुशल मल्ल, आकश चन्द, अनिल गुरुङ।
विदेशी खेलाडी:
रविइन्दर सिंह, पराग खानपुकार र एक जना टुङ्गो लाग्न बाँकी ।
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]