5 years ago
December 11, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को खेल तालिका सार्वजनिक भएको छ । बुधबार सार्वजनिक भएको खेल तालिका अनुसार उद्धघाटन खेल मंसिर २८ मा शरद भेषावकर कप्तान रहेको पोखरा पल्टन र ज्ञानेन्द्र मल्ल कप्तान रहेको काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा हुने छ ।
मंसिर २८ देखी पुष १२ सम्म पोखरा रंगशालमा हुने पीपीएलमा कुल १७ खेल हुने छन् । लिग चरण पछि शीर्ष टोली स्वतः फाइनलमा पुग्ने छ । दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि एलिमिनेटर खेल्नु पर्ने समिकरण छ । पुछारमा रहने तीन टोली लिग चरणबाटै बाहिरने छन् । गत वर्ष फाइनलमा पोखरा पल्टनले चितवन राइनोजलाई ३ विकेटले हराउँदै उपाधि जितेको थियो ।
पीपीएलमा ६ शहरका ६ फ्रेन्चाइज टोली छन् । विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौं गोल्डेन्स, पोखरा पल्टन र एक्स्पर्ट धनगढी ब्लुजबीच पीपीएलमा प्रतिस्पर्धा हुने छ । गत वर्ष हुलास लोयल्स काठमाडौं थियो । उसको स्थानमा काठमाडौं गोल्डेन्स आएको हो ।
दिनमा एउटा मात्रै खेल भएको दिन खेल ११:३० देखि सुरु हुनेछ । दुई खेल भएको दिन विहान ९ र दिउँसो १२ :४५ देखी खेल सुचारु हुने छ । पीपीएलमा ४ दिन मात्र दिनमा दुई वटा खेल हुने छ । टोलीका कप्तानमा विराटनगरबाट प्रदीप ऐरी, धनगढीमा दीपेन्द्र सिंह ऐरी, चितवनमा पारस खड्का, बुटवलमा सोमपाल कामी, पोखरामा शरद भेषावकर र काठमाडौंमा ज्ञानेन्द्र मल्लले कप्तानी गर्नेछन् ।
पीपीएलको खेल तालिका :
मंसिर २८ : पोखरा विरुद्ध काठमाडौं
मंसिर २९ : विराटनगर विरुद्ध धनगढी तथा काठमाडौं विरुद्ध बुटवल
मंसिर ३० : पोखरा विरुद्ध चितवन
पुष १ :काठमाडौं विरुद्ध धनगढी तथा विराटनगर विरुद्ध पोखरा
पुष २ : वुटवल विरुद्ध चितवन
पुष ३ : पोखरा विरुद्ध वुटवल तथा धनगढी विरुद्ध चितवन
पुष ४ : विराटनगर विरुद्ध काठमाडौं
पुष ५ : विराटनगर विरुद्ध चितवन तथा बुटवल विरुद्ध धनगढी
पुष ६ : धनगढी विरुद्ध काठमाडौं
पुष ७ : चितवन विरुद्ध काठमाडौं
पुष ८ : वुटवलविरुद्ध विराटनगर
पुष ९ : विश्राम
पुष १० : एलिमिनेटर (लिग चरणपछि दोस्रो र तेस्रो स्थानमा रहेका टोलीको प्रतिस्पर्धा)
पुष ११ : विश्राम
पुष १२ : फाइनल (लिग चरणको शीर्ष टोली र एलिमिनेटरको विजेता)
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]