default_image

5 years ago

December 9, 2019

ग्रेट हिमालय क्रिकेट एकेडेमीको टोली बंगलादेशतर्फ

76 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– वाइवाइ ग्रेट हिमालय क्रिकेट एकेडेमीको यू१९ टोली योङ ट्यालेन्ट नेपाल९ बंगलादेश क्रिकेट प्रतियोगिता खेल्ने सोमबार त्यसतर्फ लागेको छ । खेलाडी र अफिसल गरि १४ सदस्य टोली त्यसतर्फ लागेको हो ।

बंगलादेश जाने जेएचसिएको टोलीलाई आज काठमाडेशौंमा आर्किड इन्टरनेशनल कलेजका निर्देशक विदुर दाहाल र काठमाडौं महानगरपालिका ९ नम्बर वडाका सदस्य राम राईले विदाई गरेका थिए ।

मंसिर २४ देखी ३० सम्म ढाका र कक्स बजारमा चल्ने प्रतियोगितामा बंगलादेशका यू१९ खेलाडीसँग बंगलादेश क्रिकेट एकेडेमीमा प्रतिस्पर्धा गर्ने अध्यक्ष सुदीप शर्माले जानकारी दिए ।

वाइवाइ ग्रेट हिमालय क्रिकेट एकेडेमीलेले यस अघि चार पटक बंगलादेश, भारतमा तीन र दुवईमा दुई पटक भ्रमण गरेको छ । विभिन्न देशको भ्रमण गर्दा युवा खेलाडिहरुको प्रतिभा निखार्न सहयोग पुग्ने अध्यक्ष शर्मा बताए।

February 26, 2025

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड बाहिरियो

एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]

February 26, 2025

केपिएलको उपाधि भिमदत्तलाई

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]

February 26, 2025

नन्दनको अलराउण्ड प्रदर्शनमा ललितपुरको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]

Success

Thank you for your time.