default_image

5 years ago

December 9, 2019

साग पुरुष क्रिकेट: बंगलादेशलाई स्वर्ण

59 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेश यू२३ ले नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेटमा स्वर्ण जितेको छ । सोमबार फाइनलमा श्रीलंका यू२३ लाई ७ विकेटले हराउँदै बंगलादेशले स्वर्ण जितेको हो । महिला साग टि ट्वान्टीमा पनि श्रीलंकालाई हराउँदै बंगलादेशले स्वर्ण जितेको थियो ।

 

१ सय २३ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले १८.१ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । बंगलदेशको जितमा ओपनर सैफ हसनले ३० बलमा ३ चौका र २ छक्का सहित ३३ रनको योगदान दिए । सौम्य सरकार २७, कप्तान हुसेन सान्टो ३५ र याशिर अलि १९ चौधरीले रन जोडे । श्रीलंकाका कामिन्दु मेन्डिस र सचिन्दु कोलोम्बेगे १–१ विकेट लिए ।

त्यस अघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेकोे श्रीलंकाले निर्धारित २० ओभरमा अल आउट हुँदै १ सय २२ रनमा समेटिएको थियो । श्रीलंकाका ओपनर पाथुम निसानका २२, निशान मदुशका १६, चारिथ असालंका १२ र शम्मु अशानले २५ रनको योगदान दिए । अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । बंगलादेशका हसन महमुद ३, तनवीर इस्लाम २, सुमन खान र मेहदी हसनले १–१ विकेट लिए ।

सन् २०१० को सागमा पनि बंगलादेशले श्रीलंकालाई ६ विकेटले हराउँदै स्वर्ण जितेको थियो । नेपाल श्रीलंकासँग ६ विकेट र बंगलादेशसँग ४४ रनले पराजित भएको थियो । नेपालले माल्दिभ्सलाई ५ विकेटले हराउँदै कास्य जितेको थियो ।

February 26, 2025

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड बाहिरियो

एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]

February 26, 2025

केपिएलको उपाधि भिमदत्तलाई

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]

February 26, 2025

नन्दनको अलराउण्ड प्रदर्शनमा ललितपुरको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]

Success

Thank you for your time.