default_image

5 years ago

December 9, 2019

ललितको घातक बलिङमा नेपाललाई सामान्य लक्ष्य

134 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत कास्य पदकको लागि भएको प्रतिस्पर्धामा माल्दिभ्सले नेपाललाई ९५ रनको सामान्य लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको माल्दिभ्सले २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनायो । ओपनर मोहम्मद रिजवान र अहमिद हसनले ४.३ ओभरमा २२ रनको साझेदारी गरेका थिए । सुसन भारीले रिजवानलाई १७ रनमा बोल्ड आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाए । रिजवानले १८ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

छैटौं ओभरको तेस्रो बलमा ललित नारायण राजवंशीले अहमिदलाई ६ रनमा बोल्ड आउट गरे । ललितलेनै आठौं ओभरको पहिलो बलमा फजान फरहतलाई २ रनमा एलबी डब्लू आउट गरे । दुई बलपछि इब्राहिम हसन शून्यमा रन आउट भए । नवौं ओभरको पहिलो बलमा विकेटकीपर मोहम्मद आजमलाई पारस खड्काले शून्यमा रन आउट गरे । लगतै अर्को बलमा पारसले उमर एडमलाई ११ रनमा बोल्ड आउट गरेपछि माल्दिभ्सबाट ठूलो इनिङको संभावना सकिएको थियो ।

कप्तान मोहम्मद महफूज ठूलो सर्ट खेल्ने धुनमा ज्ञानेन्द्रबाट १६ रनमा क्याच आउट भए । उनले २३ बलमा २ चौका प्रहार गरे । अन्तिम ओेभरको तेस्रो बलमा अमिल माउरुफ १३ रनमा रन आउट भए । उनले २४ बलमा १ चौका प्रहार गरे । लिम सफिग ११ बलमा २ चौका र १ छक्का सहित १९ रनमा नट आउट रहे ।

स्पिनर ललित नारायण राजवंशीले ४ ओभरमा ६ रन खर्चेर ३ विकेट लिए । पारस खड्काले ४ ओभरमा १ मेडन सहित १८ रन खर्चेर १ विकेट लिए । सुसन भारीले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए ।

February 26, 2025

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड बाहिरियो

एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]

February 26, 2025

केपिएलको उपाधि भिमदत्तलाई

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]

February 26, 2025

नन्दनको अलराउण्ड प्रदर्शनमा ललितपुरको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]

Success

Thank you for your time.