default_image

5 years ago

December 8, 2019

बिएमडब्लू कप: गोर्खाली, सगरमाथा, नार्रे र रोयल राइनोजको विजयी

71 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अष्ट्रेलियामा आज  सुरु भएको बिएमडब्लू कप टि ट्वान्टी प्रतियोगितामा गोर्खाली क्रिकेट क्लब, सगरमाथा क्रिकेट क्लब, नार्रे किंग्स रोयल राइनोज क्रिकेट क्लब विजयी भएका छन् । गोर्खालीले द हिमालयन क्लबलाई २५ रनले हरायो । पहिला टस जितेर ब्याटिङ थालेको गोर्खालीले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७५ रन बनायो ।

सुनिलले ६ चौका र २ छक्का सहित ४५ रन जोड्दै म्यान अफ द म्याच चुनिए । प्रेम ३७ र मोहम्मद अस्लाम ४२ रन जोडे । हिमालयनका रोशन र किरणले २-२ विकेट लिए । १ सय ७६ रनको लक्ष्य पछ्याएको हिमालयनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५० रन बनायो । उसका सन्दीप ३२, रोशन ३० र सुर्दशनले २७ रन जोडे ।

सगरमाथाले हिम अष्टेलियालाई ८२ रनले हरायो । टस जितेर ब्याटिङ थालेको सगरमाथाले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९३ रन बनाएको थियो । उसका असिम ४५, अभिनास ४९, कुशल ३५ र दीपेशले २६ रन जोडे । हिमका सुरज र युनिलले २-२ विकेट लिए । १ सय ९४ रनको लक्ष्य पछ्याएको हिमले १४ ओभरमा १ सय ११ रामा अल आउट भयो । उसका आकश ३०, सुरज र युनिलले १६-१६ रन जोडे । कुशल र अभिनाषले ३-३ विकेट लिए ।

अर्को खेलमा नार्रेले ब्रिलान्ट(बीसीसी) क्रिकेट क्लबलाई ५९ रनले हरायो । टस जितेर ब्याटिङ गरेको नार्रेले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको थियो । उसका किरण कडेंलले ९ चौका र १ छक्का सहित ५१ रन जोड्दै म्यान अफ द म्याच चुनिए । किशोर ४६ र निर्मलले १९ रन जोन जोडे । सुमित र अजयले २-२ विकेट लिए ।

१ सय ७३ रनको लक्ष्य पछ्याएको बीसीसी २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १३ रन बनायो । उसका अजय २६, अंमर ११ र प्रकाशले २५ रन जोडे । सार्थले ३ विकेट लिए । रोयल राइनोजले एक्स्पर्ट क्रिकेट क्लबलाई १० विकेटले हरायो । रोयल राइनोज क्रिकेट क्लबको आयोजनामा भएको बिएमडब्लू कपमा ८ टोलीको सहभागिता रहेको छ । प्रतियोगिता लिगकम नकआउटमा हुने छ। खेल हरेक कप्तानको आइतबार हुने ।

February 26, 2025

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड बाहिरियो

एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]

February 26, 2025

केपिएलको उपाधि भिमदत्तलाई

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]

February 26, 2025

नन्दनको अलराउण्ड प्रदर्शनमा ललितपुरको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]

Success

Thank you for your time.