default_image

5 years ago

December 8, 2019

भारतमाथि वेस्टइन्डिजको सानदार जित

179 views

0 Bookmark

एजेन्सी – ओपनर लेन्डल सिमन्सको अविजित अर्धशतकसँगै तीन टि ट्वान्टी सिरिज अन्तर्गत दोस्रो खेलमा वेस्ट इन्डिजले घरेलु टोली भारतलाई ८ विकेटले पराजित गरेको छ ।

जितका १ सय ७१ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १८.३ ओभरमा मात्र २ विकेट गुमाउँदै पुरा गर्यो । उसका ओपनर लेन्डल सिमन्स ४५ बलमा समान ४ चौका र छक्का सहित ६७ रनमा अविजित रहँदै सहज जित पक्का गरे । त्यस्तै बल टेम्परिङ काण्डको कारण ४ खेल प्रतिवन्धपछि टोलीमा फर्किएका युुवा विकेटकीपर निकोलस पूरन १८ बलमा ४ चौका र २ छक्का सहित ३८ रनमा अविजित रहे ।

ओपनर इभिन लुइस ३५ बलमा समान ३ चौका र छक्का सहित ४० रनमा क्याच आउट भए । त्यस्तै शिमरोन हेटमायर १४ बलमा ३ छक्का सहित विराट कोहलीको हातबाट २३ रनमा क्याच आउट भए । पहिलो विकेटका लागि लुइस र सिमन्सले ९.५ ओभरमा ७३ रनको साझेदारी गर्दै सहज जिततर्फ अघि बढाएका थिए । भारतका दुई स्पिनर वाशिन्टन सुन्दर र रविन्द्र जडेजाले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७० रन बनाएको थियो । भारतका युवा अलराउन्डर शिवम दुबेले ३० बलमा ३ चौका र ४ छक्का सहित ५४ रनको योगदान दिए ।  टि ट्वान्टी आई करिअरको पहिलो
अर्धशतकीय इनिङ खेलेका दुबेलाई ११ औं ओभरको तेस्रो बलमा हेडन वाल्शले शिमरोन हेटमायरबाट क्याच आउट गराए । ओपनर रोहित शर्मालाई जोसन होल्डरले चौथो ओभरको पहिलो बलमा १५ रनमा बोल्ड आउट गरे ।

अर्का ओपनर लोकेश राहुल ११ रनमा क्याच आउट हुँदा कप्तान विराट कोहली १९, श्रेयस ऐर १०, रविन्द्र जडेजा ९ र वाशिन्टन सुन्दर शून्यमा आउट भए । विकेटकीपर ऋषभ पन्त २२ बलमा ३ चौका र १ छक्का सहित ३३ रनमा अविजित रहे । वेष्ट इन्डिजका लागि केस्रिक वालियम्स र हेडन वाल्शले समान २ विकेट लिए । शेल्डन कट्र्टेल, खारी पियरे, जोसन होल्डरले १–१ विकेट लिए ।

पहिलो खेलमा भारतले वेस्ट इन्डिजलाई ६ विकेटले हराएको थियो । यो सँगै तीन टि ट्वान्टी सिरिज १–१ को अवस्थामा पुगेको छ । तेस्रो तथा अन्तिम खेल आगमी बुधबार मुम्बईमा हुने छ ।

February 26, 2025

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड बाहिरियो

एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]

February 26, 2025

केपिएलको उपाधि भिमदत्तलाई

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]

February 26, 2025

नन्दनको अलराउण्ड प्रदर्शनमा ललितपुरको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]

Success

Thank you for your time.