5 years ago
December 8, 2019
पोखरा (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी बलर अञ्जली चन्द १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् ।
दुई टेष्ट राष्ट्र बंगलादेश र श्रीलंकाका खेलाडीलाई पछि पार्दै अञ्जली प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी चुनिएकी हुन् । आइतबार सम्पन्न महिला टि ट्वान्टी सागमा स्वर्ण बंगलादेशले जित्यो । फाइनलमा श्रीलंकालाई २ रनले हराउँदै बंगलादेशले स्वर्ण चुम्न सफल भएको हो । नेपालले माल्दिभ्सलाई १० विकेटले हराउँदै कास्य पदक जितेको थियो ।
लिग चरणमा पनि नेपालले माल्दिभ्सलाई १० विकेटलेनै हराएको थियो । जुन खेलमा अञ्जलीले माल्दिभ्सविरुद्ध २.१ ओभरमा कुनै रन नदिई ६ विकेट लिदै विश्क कीर्तिमान कायम गरेकी थिइन् । जुन महिला र पुरुष टि२० आई दुबैको सर्वोत्कृष्ट प्रर्दशन हो ।
अञ्जलीले सागमा ४ खेलमा ५ मेडन सहित ३० रन खर्चेर ११ विकेट लिएकी थिइन् । सागमा सर्वाधिक विकेट लिने खेलाडी पनि अञ्जलीनै रहिन् । सर्वाधिक विकेट लिने खेलाडीको सुचिमा दोस्रो स्थानमा रहेकी बंगलादेशकी नाहिदा अख्तरले ४ खेलमा ८ विकेट लिइन् ।
बंगलादेशसँग १० विकेट र श्रीलंकासँग ४१ रनले पराजित भएपछि नेपालको स्वर्णको संभावना सकिएको थियो । कास्य पदकको लागि भएको प्रतिस्पर्धामा माल्दिभ्सलाई १० विकेटले हराएको थियो ।
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]