5 years ago
December 7, 2019
पोखरा (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री (बेलबासे) ले १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला टि ट्वान्टी क्रिकेट प्रतियोगितामा आफुहरुमा खेलको अनुभवको कमी देखिएको बताएकी छिन् । शनिवार नेपालले माल्दिभ्सलाई १० विकेटले हराउँदै कास्य जितेपछि हाम्रो खलकुदसँग कुरा गर्दै रुबिनाले यस्तो बताएकी हुन् ।
‘मैले पहिला भनेको पनि थिए । राम्रो खेल्नको लागि अनुभव चाहिन्छ । दबाबमा खेल्न सक्नुपर्छ । सागमा हामीले बलिङ र फिल्डिङ राम्रो गयौं । तर ब्याटिङ चलेन । ब्याटिङ किन चलेन भने हामीसँग खेलको अनुभवको कमी छ । राम्रो ब्याटिङको लागि धेरै खेलको अनुभव चाहिन्छ’, उनले भनिन् ।
‘हामीलाई पहिला टेष्ट राष्ट्र धेरै राम्रो होला जस्तो लाग्थ्यो । खेलिसकेपछि थाहा भयो । हामी र उनीहरु एकै हो । खासै फरक छैन । फरक यति मात्र हो हामीहरुमा खेलको अनुभवको कमी छ । तालमेल बनाउन सिक्नुपर्छ’, उनले भनिन् ।
रुबिनाले पहिलो पटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको नेपालले सागबाट धेरै कुरा सिकेको बताइन् । ‘हामीले ब्याटिङमा राम्रो तालमेल गर्दै साझेदारी गर्न सक्नुपथ्यो । एउटाले इनिङ समाल्दा अर्काले अर्कोतर्फबाट रन बनाएको भए राम्रो हुन्थ्यो होला । त्यसो हुन सकेन । सागमा हाम्रो प्रर्दशन राम्रो र नराम्रो दुवै रह्यो, उनले भनिन्, ‘कुनै पनि खेल जित्न बलियो मनोबल हुनुपर्छ, हामीले जुन कुरा फोकस गरेनौ, आगमी दिनमा त्यहि कुरालाई जोड दिदै लैजानुपर्छ ।’
नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १० विकेटले हराएको थियो । यसै खेलमा स्पिनर अञ्जली चन्दले २.१ ओभरमा कुनै रन नदिइ ६ विकेट लिदै विश्व कीर्तिमान रचेकी थिइन् । दोस्रो खेलमा नेपाल बंगलादेशसँग १० विकेटले पराजित भएको थियो । श्रीलंकासँग ४१ रनले पराजित भएपछि नेपालको फाइनलको यात्रा समाप्त भएको थियो । सम्रगमा महिला टोलीको सागमा बलिङमा राम्रो प्रर्दशन गरेपनि ब्याटिङमा आशा अनुसारको प्रर्दशन गर्न सकेनन् ।
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]