5 years ago
December 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेटमा नेपालको स्वर्णको संभावना सकिएको छ । शनिवार बंगलादेशसँग ४४ रनले पराजित भएसँगै घरेलु मैदानमा स्वर्ण जित्ने नेपालको लक्ष्य समाप्त भएको हो ।
जितका लागि १ सय ५६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ११ रन बनायो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४३ रनको योगदान दिए । १७ औं ओभरको तेस्रो बलमा सौम्य सरकारले विकेटकीपर महीदुल इस्लामबाट क्याच आउट हुनुअघि ज्ञानेन्द्रले ४३ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।
तेस्रो ओभरको चौथो बलमा तनवीर इस्लामले पारस खड्कालाई ९ रनमा क्याच आउट गराए । लगत्तै अर्को बलमा पवन सरार्फ शून्यमा क्याच आउट भए । पाँचौ ओभरको दोस्रो बलमा सुमन खानले आरिफ शेखलाई शून्यमा क्याच आउट गराए । नवौं ओभरको पाँचौ बलमा उप कप्तान दीपेन्द्र सिंह ऐरी खराब सट खेल्दै याशिर शाहबाट १६ रनमा क्याच आउट भएपछि जितको संभावना सकिएको थियो ।
रोहित कुमार पौडल ८, करण केसी १, सुसन भारी २ र विनोद भण्डारी ३ रनमा क्याच आउट भए । अभिनास बोहोरा १३ र ललित नारायण राजवंशी ५ रनमा नट आउट रहे ।
बंगलादेशको जितमा तनबीर इस्लामले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । मेहदी हसनले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । सुमन खानले ४ ओभरमा १ मेडन सहित २१ रन खर्चेर २ विकेट लिए । सौम्य सरकारले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए ।
त्यसअघि शनिवार विहान टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको बंगलादेशले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो । बंगलादेशका कप्तान नज्मुल हसन सान्टो ६० बलमा समान ४ चौका र छक्का सहित ७५ रनमा अविजित रहे । त्यस्तै अफिफ हुसैन २८ बलमा ६ चौका र १ छक्का सहित ५२ रनमा बोल्ड आउट भए ।पाँचौ विकेटका लागि अफिफ र नज्मुलले ९४ रनको साझेदारी गर्दै बंगलादेशलाई बलियो अवस्थामा पुर्याए।
दोस्रो ओभरको तेस्रो बलमा पारस मोहम्मद नइमलाई ६ रनमा बोल्ड आउट गरे । सौम्य सरकारलाई चौथो ओभरको तेस्रो बलमा पारसले ६ रनमै क्याच आउट गराए । लगतै पाँचौ बलमा सैफ हसनलाई पारसले शून्यमा बोल्ड आउट गरे ।
११ औं ओभरको दोस्रो बलमा अभिनास बोहोराले याशिर अलीलाई १४ रनमा क्याच आउट गराउँदै पेभिलिएन फर्काए । पारस खड्काले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले ४ ओभरमा ३१ रन खर्चेर २ र अभिनास बोहोरा १ विकेट लिए ।नेपालको हारसँगै समान तीन खेलमा जित निकालेका श्रीलंका र बंगलादेश फाइनलमा पुगेका छन् ।
माल्दिभ्स र भुटानबीचको केहि बेरमा सुरु हुँदै छ । जसको विजेताले नेपालसँग कास्यको लागि प्रतिस्पर्धा गर्ने छ । नेपाल पहिलो खेलमा श्रीलंकासँग पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई १ सय ४१ र तेस्रो खेलमा माल्दिभ्सलाई ८४ रनले हराएको थियो ।
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]