5 years ago
December 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान नज्मुल हसन सान्टो र अफिफ हुसैनले अर्ध शतक प्रहार गरेपछि १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेटमा बंगालदेश यू२३ ले नेपाललाई १ सय ५६ रनको लक्ष्य दिएको छ ।
शनिवार विहान टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५५ रन बनायो । बंगलादेशका कप्तान नज्मुल हसन सान्टो ६० बलमा समान ४ चौका र छक्का सहित ७५ रनमा अविजित रहे । त्यस्तै अफिफ हुसैन २८ बलमा ६ चौका र १ छक्का सहित ५२ रनमा बोल्ड आउट भए ।
अफिफलाई अन्तिम ओभरको चौथो बलमा दीपेन्द्र सिंह ऐरीले बोल्ड आउट गरे । लगत्तै पाँचौ बलमा दीपेन्द्रले महीदुल इस्लाम अनोकनलाई पारस खड्काबाट शून्यमा क्याच आउट गराए । धरमराएको बंगलादेशको इनिङलाई पाँचौ विकेटका लागि अफिफ र नज्मुलले ९४ रनको साझेदारी गर्दै बलियो योगफल सम्म पुर्याए ।
दोस्रो ओभरको तेस्रो बलमा पारस खड्काले ओपनर मोहम्मद नइम शेखलाई ६ रनमा बोल्ड आउट गरेका थिए । अर्का ओपनर सौम्य सरकारलाई चौथो ओभरको तेस्रो बलमा पारसले करण केसीबाट ६ रनमा क्याच आउट गराए । पारसले लगतै पाँचौ बलमा सैफ हसनलाई शून्यमा बोल्ड गरे ।
खराब सुरुवात गरेको बंगलादेशलाई नज्मुल हसन सान्टो र यासिर अलीले चौथो विकेटको लागि ४३ रनको रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । ११ औं ओभरको दोस्रो बलमा अभिनास बोहोराले याशिरलाई ज्ञानेन्द्र मल्लबाट १४ रनमा क्याच गराउँदै साझेदारी तोडेका थिए ।
नेपालका पारस खड्काले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । अभिनास बोहोराले ३ ओभरमा ३० रन खर्चेर १ विकेट लिए ।
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]