default_image

5 years ago

December 7, 2019

पारसको घातक बलिङसँगै नेपालको उत्कृष्ट सुरुवात

109 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर पारस खड्काको सुरुवाती घातक बलिङसँगै १३ औं दक्षिण एसियाली खेलकुद (साग) टि ट्वान्टी पुरुष प्रतियोगितामा बंगालदेशयू२३ विरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको बंगलादेशले ९ ओभरमा ५४ रन जोड्न ३ विकेट गुमाएको छ ।

दोस्रो ओभरमै बलिङ गर्न आएका पारसले तेस्रो बलमा ओपनर मोहम्मद नइम शेखलाई ६ रनमा बोल्ड आउट गर्दै पेभिलिएन फर्काएका थिए । पारसलेनै अर्का ओपनर सौम्य सरकारलाई चौथो ओभरको तेस्रो बलमा करण केसीबाट ६ रनमा क्याच गराउँदै नेपाललाई राम्रो सुरुवात दिलाएका छन् । पारसले लगतै पाँचौ बलमा सैफ हसनलाई शून्यमा बोल्ड आउट गर्दै टेष्ट टोली बंगलादेशलाई दबाबमा राखेका छन् । यसै ओभरको अन्तिम बलमा याशिर अली चौधरीको क्याच ललित नारायण राजवंशीले प्रयास गरेपनि क्याच छुट्दै चौका गएको थियो ।

उसका कप्तान नज्मुल हसन सान्टो ३० र याशिर अली १२ रनमा खेलि रहेका छन् । पारस खड्काले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । स्वर्णको संभावना कायमै राख्न नेपाललाई यो जित्नै पर्ने दबाब छ ।

February 26, 2025

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड बाहिरियो

एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]

February 26, 2025

केपिएलको उपाधि भिमदत्तलाई

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]

February 26, 2025

नन्दनको अलराउण्ड प्रदर्शनमा ललितपुरको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]

Success

Thank you for your time.