default_image

5 years ago

December 6, 2019

विराटको करिअरकै उच्च प्रर्दशनमा भारत विजयी

115 views

0 Bookmark

एजेन्सी- कप्तान विराट कोहलीको उच्च प्रर्दशनमा तीन टि ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा भारतले वेस्टइन्डिजलाई ६ विकेटले हराएको छ । २ सय ८ रनको विशाल लक्ष्य पछ्याएको भारतले १८.४ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । भारतलाई शानदार जित दिलाउन कप्तान विराट कोहलीले ५० बलमा समान ६ चौका र छक्का सहित ९४ रनमा अविजित रहे ।

यो विराटको टि ट्वान्टी आई करिअरको उच्च प्रर्दशन हो । यस अघि कोहलीले सन् २०१६ मा अष्ट्रेलियाविरुद्ध बनाएको ९० रननै टि ट्वान्टी आई करिअरमै उच्च रन रहँदै आएको थियो । ओपनर रोहित शर्मा ८ रनमै क्याच आउट भएपनि केएल राहुलले विराटसँग दोस्रो विकेटका लागि १ सय रनको शतकीय साझेदारी गरेपछि भारतले सहज जित हात पारेको हो ।

१५ औं ओभरको तेस्रो बलमा खारी पियरेले राहुललाई ६२ रनमा कप्तान काइरोन पोलार्डबाट क्याच गराए । राहुलले ४० बलमा ५ चौका र ४ छक्का प्रहार गरे । ऋषभ पन्त १८ र श्रेयस ऐर ४ रनमा आउट भए । वेस्ट इन्डिजका खारी पियरेले २, शिल्डन कोट्टेल र काइरोन पोलार्डले १-१ विकेट लिए ।

त्यसअघि शुक्रबार साझ राजीव गान्धी क्रिकेट मैदान हैदराबादमा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ७ रन बनाएको थियो । युवा खेलाडी शिमरोन हेटमायरले ४१ बलमा २ चौका र ४ छक्का सहित ५६ रनमा क्याच आउट भए । शिमरोनलाई १८ औं ओभरको पहिलो बलमा युजभेन्द्र चहलले रोहित शर्माबाट क्याच आउट गराए ।

ओपनर इभिन लुइसले १७ बलमा ३ चौका र ४ छक्का सहित ४० रन जोड्दै आक्रामाक सुरुवात दिलाए । लुईसलाई छैटौं ओभरको चौथो बलमा वाशिन्टन सुन्दरले एलबी डब्लू आउट गरे । ब्रान्डन किङले २३ बलमा ३ चौका र १ छक्का सहित ३१ रन जोडे ।

चौथो विकेटका लागि शिमरोन र कप्तान काइरान पोलार्डले ७१ रनको साझेदारी गरेपछि वेस्ट इन्डिज विशाल योगफलमा पुर्याएका थिए । कप्तान पोलार्डलाई १८ औं ओभरको तेस्रो बलमा युजभेन्द्र चहलले बोल्ड आउट गर्नु अघि १९ बलमा १ चौका र ४ छक्का सहित ३७ रन जोडे ।

जेसन होल्डर २४ र दीनेश रामदीन ११ रनमा अविजित रहे । भारतका स्पिनर युजभेन्द्र चहलले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । रविन्द्र जडेजा, दीपक चहर र वाशिन्टन सुन्दरले १–१ विकेट लिए । दोस्रो टि ट्वान्टी खेल आइतबार हुने छ ।

February 26, 2025

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड बाहिरियो

एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]

February 26, 2025

केपिएलको उपाधि भिमदत्तलाई

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]

February 26, 2025

नन्दनको अलराउण्ड प्रदर्शनमा ललितपुरको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]

Success

Thank you for your time.