default_image

5 years ago

December 6, 2019

माल्दिभ्समाथि नेपालको सहज जित

141 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित गरेको छ ।

जितका लागि १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको माल्दिभ्स २० ओभरमा ६ विकेट गुमाउँदै ७९ रन मात्र बनाउन सक्यो । माल्दिभ्सका मोहम्मद आजम १७ बलमा २ चौका सहित १७ रनमा अविजित जित रहे । इब्राहिम हसन १२ रनमा नट आउट रहे ।

छैटौं ओभरको पाँचौ बलमा क्याच आउट हुनुअघि ओपनर मोहम्मद रिजवानले २१ बलमा ३ चौका सहित १३ रनको योगदान दिए । उनलाई स्पिनर सुसन भारीले विकेटकीपर विनोद भण्डारीबाट क्याच आउट गराएका थिए । उमर एडमलाई नवौं ओभरको चौथो बलमा ललित नारायण राजवंशीले आरिफ शेखबाट ९ रनमा क्याच आउट गराए । ललितले नै ११ औं ओभरको अन्तिम बलमा ज्ञानेन्द्र मल्लबाट ६ रनमा क्याच आउट गराए । १४ औं ओभरको चौथो बलमा ओपनर अली इभानलाई पवन सरार्फले ११ रनमा स्टम्पिङ आउट गरे ।

स्पिनर ललित नारायण राजवंशीले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । त्यस्तै सुसन भारीले ४ ओभरमा २२ रन खर्चेर २ र पवन सरार्फले १ विकेट लिए ।

त्यअघि टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो । अलराउन्डर करण केसीले अन्त्यमा १६ बलमा ४ छक्का र २ चौका सहित ४० रनमा अविजित रहेपछि नेपाललाई बलियो योगफलमा पुगेको थियो ।

करणले अन्तिम ओभरमा इब्राहिम हसनलाई २ चौका र २ छक्का प्रहार गर्दै २४ रन जोडेका थिए । ओपनर पारस खड्कालाई दोस्रो ओभरको अन्तिममा ११ रनमा क्याच आउन पुगेका थिए ।

छटौं ओभरको दोस्रो बलमा आमिल माउरुफले आरिफ शेखलाई १७ रनमा क्याच आउट गराए । उनले ११ बलमा १ चौका र १ छक्का प्रहार गरे । यसै ओभरको अन्तिम बलमा कप्तान ज्ञानेन्द्र मल्ल १९ रनमा एलबी डब्लू आउट भए । मल्लले १६ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

दशौं ओभरको चौथो बलमा रोहित कुमार पौडेल १० रनमा क्याच आउट भए । रोहितलाई कप्तान मोहम्मद महफूजले विकेटकीपर मोहम्मद आजमबाट क्याच गराएका थिए । ११ औं ओभरको तेस्रो बलमा पवन सरार्फ शून्यमा आउट भए ।

विनोद भण्डारीले १८ बलमा २ चौका सहित १९ रन जोडे । १९ औं ओभरको पहिलो बलमा शफिगले अहमिद हसनबाट दीपेन्द्र सिंह ऐरीलाई ३९ रनमा क्याच आउट गराए । दीपेन्द्रले ३६ बलमा २ चौका प्रहार गरे । माल्दिभ्सका लिम शफिगले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । आमिल माउरुफले २, मोहम्मल महफूज र उमर एडमको नाममा १–१ विकेट रह्यो ।

सागमा नेपालको यो दोस्रो जित हो । नेपाल पहिलो खेलमा श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले भुटानलाई १ सय ४१ रनको कीर्तिमानी रन अन्तरले हराएको थियो । नेपालले शनिवार बंगलादेशसँग खेल्ने छ । फाइनल पुग्ने यात्रा कायमै राख्न नेपाललाई बंगलादेशसँगको खेल जित्नै पर्ने हुन्छ । पराजित भएको खण्डमा नेपालको स्वर्णको संभावना सकिने छ ।

February 26, 2025

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड बाहिरियो

एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]

February 26, 2025

केपिएलको उपाधि भिमदत्तलाई

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]

February 26, 2025

नन्दनको अलराउण्ड प्रदर्शनमा ललितपुरको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]

Success

Thank you for your time.