default_image

5 years ago

December 6, 2019

साग क्रिकेट – माल्दिभ्सविरुद्ध करणको विष्फोटक ब्याटिङ

125 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – अलराउन्डर करण केसीले विश्फोटक ब्याटिङसँगै १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालले माल्दिभ्सलाई १ सय ६४ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६३ रन बनायो । नेपाललाई बलियो योगफल सम्म पुर्याउन करण केसीले १६ बलमा ४ छक्का र २ चौका सहित अविजित ४० रनको योगदान दिए ।

करणले अन्तिम ओभरमा इब्राहिम हसनलाई २ चौका र २ छक्का प्रहार गर्दै २४ रन बटुलेपछि नेपाल बलियो योगफलमा पुगेको हो । ओपनर पारस खड्कालाई दोस्रो ओभरको अन्तिम बलमा लिम शफिगले मोहम्मद नवाजबाट ११ रनमा क्याच आउट गराए ।

छटौं ओभरको दोस्रो बलमा आमिल माउरुफले आरिफ शेखलाई ११ बलमा १ चौका र १ छक्का सहित १७ रनमा खेलि रहेको अवस्थामा क्याच आउट गराए । यसै ओभरको अन्तिम बलमा कप्तान ज्ञानेन्द्र मल्ल १९ रनमा एलबी डब्लू आउट भए । मल्लले १६ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

दशौं ओभरको चौथो बलमा रोहित कुमार पौडेल १० रनमा क्याच आउट भएका थिए । रोहितलाई कप्तान मोहम्मद महफूजले विकेटकीपर मोहम्मद आजमबाट क्याच गराए । ११ औं ओभरको तेस्रो बलमा उमर एडमले मोहम्मद रिजवानबाट क्याच गराउदै पवनलाई शून्यमा पेभिलिएन फर्काए ।

विनोद भण्डारीले १८ बलमा २ चौका सहित १९ रन जोडे । १९ औं ओभरको पहिलो बलमा शफिगले अहमिद हसनबाट दीपेन्द्र सिंह ऐरीलाई ३९ रनमा क्याच आउट गराए । दीपेन्द्रले ३६ बलमा २ चौका प्रहार गरे ।

माल्दिभ्सका लिम शफिगले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । आमिल माउरुफले २, मोहम्मल महफूज र उमर एडमले १–१ विकेट लिए । कमजोर माल्दिभ्सविरुद्ध नेपालले आफ्नो स्तर अनुसारको ब्याटिङ गर्न सकेन ।

February 26, 2025

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड बाहिरियो

एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]

February 26, 2025

केपिएलको उपाधि भिमदत्तलाई

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]

February 26, 2025

नन्दनको अलराउण्ड प्रदर्शनमा ललितपुरको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]

Success

Thank you for your time.