default_image

5 years ago

December 6, 2019

साग महिला क्रिकेट-नेपालको स्वर्णको संभावना सकियो

97 views

0 Bookmark

पोखरा(हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला टि ट्वान्टी क्रिकेटमा नेपालको स्वर्णको संभावना सकिएको छ । शुक्रबार श्रीलंकासँग ४१ रनले पराजित भएपछि नेपालको स्वर्णको संभावना सकिएको हो ।

श्रीलंकाले प्रस्तुत गरेको १ सय १९ रनको विजयी लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ९ विकेट गुमाउँदै ७७ रन बनाउन सक्यो । नेपालका लागि कप्तान रुबिना क्षेत्री बेलबासेले सर्वाधिक १९ रनको योगदान दिइन् । उनले २८ बलमा २ चौका प्रहार गरिन् ।

अप्सरी बेगम ११, करुणा भण्डारी १२ र कविता कुवर १३ रनमा नट आउट रहिन् । नेपालका ७ ब्याट्सवुमेनले दोहोरो अंकमा रन छुन सकेनन् । श्रीलंकाको सचिनीले ३ र सत्या सन्दीपनीले २ विकेट लिइन् ।

त्यसअघि पोखरा रंगशालमा टस जितेर ब्याटिङ थालेको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १८ रन बनाएको थियो । सरस्वती कुमारी चौधरीले तेस्रो ओभरको पाँचौ बलमा ओपनर उमिषा थिमाशिनीलालाई डली भट्टबाट २ रनमा क्याच आउट गराएकी थिइन् ।

नवौं ओभरको अन्तिम बलमा अञ्जली चन्दले कप्तान हर्षिता माधबीलाई सोनु खड्काबाट १६ रनमा क्याच आउट गराएपछि श्रीलंका दबाबमा परेको थियो । माधवीले १९ बलमा २ चौका प्रहार गरिन् । १२ औं ओभरको दोस्रो बलमा सोनु खड्काले जानदी आनलीलाई ३५ रनमा बोल्ड आउट गरिन् । उनले ३६ बलमा १ चौका र २ छक्का प्रहार गरिन् ।

लगतैं अर्को बलमा सोनुले काभिषा दिलहारीलाई शून्यमा एलबी डब्लू आउट गरेपछि टेष्ट टोली श्रीलंकामाथि नेपालले दबाब कायम गरेको थियो । १९ ओभरको अन्तिम बलमा लिहिनी अप्सरालाई सरस्वतीले २७ बलमा ५ चौका सहित ३७ रनमा इन्दु बर्माबाट क्याच आउट गराइन् । सत्या सन्दीपनी २२ रनमा रन आउट भइन् । नेपालको लागि सोनु खड्काले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिइन् ।

सरस्वती कुमारी चौधरीले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिइन् । अञ्जली चन्दको नाममा १ विकेट रह्यो । पहिलो खेलमा नेपालले माल्दिभ्सलाई १० विकेटले हराउँदा बंगलादेशसँग १० विकेटले पराजित भएको थियो । स्वर्णका लागि अव बंगलादेश र श्रीलंका खेल्ने छन् । नेपालले कास्यका लागि माल्दिभ्ससँग खेल्ने छ ।

February 26, 2025

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड बाहिरियो

एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]

February 26, 2025

केपिएलको उपाधि भिमदत्तलाई

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]

February 26, 2025

नन्दनको अलराउण्ड प्रदर्शनमा ललितपुरको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]

Success

Thank you for your time.