default_image

5 years ago

December 6, 2019

सोनुको कसिलो बलिङमा नेपाललाई श्रीलंकाको मध्यम लक्ष्य

55 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला टि ट्वान्टी क्रिकेट प्रतियोगितामा श्रीलंकाले नेपाललाई १ सय १९ रनको लक्ष्य दिएको छ । पोखरा रंगशालमा टस जितेर ब्याटिङ थालेको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १८ रन बनायो ।

सरस्वती कुमारी चौधरीले तेस्रो ओभरको पाँचौ बलमा ओपनर उमिषा थिमाशिनीलालाई डली भट्टबाट २ रनमा क्याच आउट गराएकी थिइन् । नवौं ओभरको अन्तिम बलमा अञ्जली चन्दले कप्तान हर्षिता माधबीलाई सोनु खड्काबाट १६ रनमा क्याच आउट गराएपछि श्रीलंका दबाबमा परेको थियो ।

माधवीले १९ बलमा २ चौका प्रहार गरिन् । १२ औं ओभरको दोस्रो बलमा सोनु खड्काले जानदी आनलीलाई ३५ रनमा बोल्ड आउट गरिन् । उनले ३६ बलमा १ चौका र २ छक्का प्रहार गरिन् । लगतैं अर्को बलमा सोनुले काभिषा दिलहारीलाई शून्यमा एलबी डब्लू आउट गरेपछि टेष्ट टोली श्रीलंकामाथि नेपालले दबाब कायम गरेको थियो ।

१९ ओभरको अन्तिम बलमा लिहिनी अप्सरालाई सरस्वतीले २७ बलमा ५ चौका सहित ३७ रनमा इन्दु बर्माबाट क्याच आउट गराइन् । सत्या सन्दीपनी २२ रनमा रन आउट भइन् । नेपालको लागि सोनु खड्काले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिइन् । सरस्वती कुमारी चौधरीले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिइन् । अञ्जली चन्दको नाममा १ विकेट रह्यो ।

December 15, 2024

विराटनगरलाई हराएपछि काठमाडौंको प्लेअफ सम्भावना जीवितै

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गुर्खाजले विराटनगर किंग्समाथि रोमाञ्चक जित हासिल गरेको छ । आइतवारको पहिलो खेलमा विराटनगरलाई १ विकेटले हराएपछि काठमाडौंले प्लेअफ सम्भावना कायमै राखेको हो । १ सय १८ रनको लक्ष्य काठमाडौंले १८.१ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । काठमाडौंका लागि प्रतिक श्रेष्ठले सर्वाधिक ३९ रन जोडे । […]

December 15, 2024

काठमाडौंविरुद्ध विराटनगरको सामान्य योगफल

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) मा आइतवारको पहिलो खेलमा काठमाडौं गुर्खाजविरुद्ध विराटनगर किंग्सले सामान्य योगफल तयार गरेको छ । टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १९.५ ओभरमा अल आउट हुँदै १ सय १७ रनमा समेटियो । विराटनगरका लागि राजेश पुलामी मगरले सर्वाधिक २५ रन जोडे । उनले २१ बलमा १ चौका र […]

December 15, 2024

काठमाडौंले विराटनगरविरुद्ध टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) मा आइतवारको पहिलो खेलमा काठमाडौं गुर्खाजले विराटनगर किंग्सविरुद्ध टस जितेको छ । टियु मैदान कीर्तिपुरमा काठमाडौंका कप्तान करण केसीले टस जितेर बलिङ रोजेका हुन् । विराटनगर यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ । काठमाडौं प्लेअफमा स्थान बनाउँन जित आवश्यक छ । पराजित भएमा काठमाडौं प्रतियोगिताबाट बाहिरिने छ । शनिवार पोखरा […]

Success

Thank you for your time.