default_image

5 years ago

December 5, 2019

टियूमा समर्थकः ‘भित्र सुनसान, बाहिर नाराजुलुस!

122 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु मैदानको विशेषता र फाइदा भनेकै समर्थकको साथ हो । समर्थक विनाको खेल खेलाडीलाई खल्लो लाग्छ । घरेलु मैदान र समर्थकको साथ पाउँदा कमजोर टोली पनि बलियो बन्छ । समर्थकको राम्रो साथ दिन्छन् । उत्साह प्रदान गर्छन्, दबाब सिर्जना गर्छन् । त्यसैले सबै खेलाडीको चाहाना धेरै घरेलु समर्थक आउन भन्ने हुन्छ ।

विश्व क्रिकेटमा नेपाली समर्थकको राम्रो पहिचान छ । जिम्बावे, आयरल्यान्ड जस्ता टेष्ट राष्ट्रको भन्दा बढी क्रिकेट समर्थक नेपालमा पाइन्छ । समर्थकको हिसाबमा नेपाल एसोसियट राष्ट्रमा शीर्ष स्थानमा आउँछ । पुर्व कप्तान पारस खड्काले समर्थकको साथ र सहयोगले नै नेपाल यो स्तरसम्म आईपुगेको बेला बेलामा बताएका छन् ।

घरेलु उमेर समुह देखी सिनियर टोली सम्म सबै खेल र प्रतियोगितामा समर्थकले राम्रो साथ दिदै आएका छन् । पछिल्लो समय फ्रेन्चाइज लिगले समर्थकलाई अझ बढी आर्कषित गरेको छ । तर १३ औं दक्षिण एसियाली खेलकुद(साग) मा टियु क्रिकेट मैदानमा बिहीबार मैदान भित्र समर्थकको त्यो उत्साह र समर्थन देखिएन ।

मैदान भित्र औंलाले भाचेर गन्न सक्ने समर्थक थिए । समर्थक भन्दा बढि सुरक्षाकर्मी छन् की जस्तो देखिन्थ्यो । मैदान बाहिर एक हजार भन्दा बढि समर्थक नारा जुलुसमा थिए । सबैको माग एउटै थियो, टिकटको मुल्य समायोजन गर, विद्यार्थी सहित सबै समर्थकलाई खेल हेर्न सहज बाताबरण सृर्जना गर, जस्ता नारा मैदान बाहिर निरन्तर लगाई रहे । मैदान भित्र रहेर समर्थन गर्ने समर्थकले विहीवार भने बाहिरबाट कराई रहे । नेपाल, नेपाल, नेपाल भनेर गुन्जिने टियु मैदानमा समर्थकको नारा बिहीबार राखेप र क्यान विरुद्ध थियो ।

कुशल तिमिल्सीना नाम गरेका एक समर्थकले आफुहरु विद्यार्थी भएकोले तीन सय रुपैयाँ तिरेर खेल हेर्न नसक्ने बताए । नेपाली क्रिकेटको ठूलो समर्थक भएको बताउने उनले मुल्य घटाउनु पर्ने माग थियो । त्यस्तै अर्का समर्थक रेवन ढकालले भित्र पुरा खाली हुन भन्दा मुल्य घटाएर १५ हजार दर्शकलाई खेल हेर्न दिनुपर्ने बताए ।

टिकटको जिम्मा पाएको नेपालय इन्टरनेशनलका चेयरम्यान सुवास प्रधानले टिकटको मुल्य घटाउँदा आफुहरु घाटामा जानेतर्क राख्छन् । समर्थकको दबाबपछि शुक्रवारदेखि टियु केन्द्रिय विद्यार्थीलाई ५० प्रतिशत छुट दिने भएको छ । अन्य विद्यार्थीको लागि भने तीन सय नै हुने छ । उनले तीन सय दुई  खेलको भएको बताउँछन् । आफुले मैदान बाहिर समर्थकलाई सुविधा दिन धेरै लगानी लगाएको हुँदा टिकटको मुल्य कम राख्दा घाटाामा जाने बताउछन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान तथा यू १९ प्रशिक्षक विनोद दासले मुल्य अनुसारको सेवा सुविधा नभएको बताए । ‘खेलाडीले समर्थक बढी भन्दा बढी खेल हेर्न आउन भन्ने हुन्छ । जसको फाइदा खेलाडीलाई हुन्छ । समर्थक धेरै हुँदा विपक्ष्यलाई दबाब हुने उनी बताउछन् । फुटबलमा एक हजारको टिकट काटेर पनि हेरि रहेका छन् । समर्थकले पैसानै तीर्न सक्दैनन् भन्ने होइन । पैसा अनुसार सेवा सुविधा र पुर्वधार भने छैन, समर्थक नआउनु हामीलाईनै घाटा हो’, दासले भने ।

समर्थक खेलाडीको लागि उत्साह र प्रेरणा हुन् । समर्थक विनाको खेल खल्लो लाग्छ । घरेलु मैदान बाहिर समर्थक कमै पाइन्छ । घरेलु मैदानमै समर्थक पैसाको कारण नआउनु त्यो राम्रो पक्ष्य होइन । अन्तर्राष्ट्रिय प्रतियोगिता र खेल नेपालको लागि पैसा गरि खाने माध्यम बनाउने होइन । यस्ता प्रतियोगितामा नेपालको मान, प्रतिष्ठा र इज्जत जोडिएको हुन्छ ।

सन् २०१६ मा नामिबिया तथा २०१७ मा केन्याविरुद्धको खेलमा टियु मैदानमा २० हजार भन्दा बढी समर्थक आएका थिए । गत इपीएलको फाइनलमा पनि त्यहि मात्रमा समर्थक टियु मैदानमा थिए । नेपालमा टिकट काटेर खेल हेर्न संस्कारको विस्तारै विकाश हुदै गएको छ । जुन फ्रेन्चाइज टि ट्वान्टी लिग र यस अघिका अन्तर्राष्ट्रिय प्रतियोगितामा देखिएको छ । यस्लाई विस्तारै व्यवसायिक बनाउँदै अझ आर्कषित गर्दै लैजाउनुपर्छ । तर ब्यवसायिक बनाउनु पर्छ भन्दैमा समर्थकको क्षमता भन्दा बढि टिकट मूल्य तोक्नु हुदैन ।

नेपालीमा एउटा लोकप्रिय उखान छ, आफ्नो घाँटी हेरेर हाड निल्नुपर्छ । त्यस्तै क्रिकेटलाई ब्यापारमा जस्तै नाफा घाटा सम्झिन भन्दा पनि समर्थकको क्षमता हेरेर मुल्य तोक्न आवश्यक देखिन्छ । घाँटी भन्दा ठूलो हाड निल्न खोज्दा अड्कीएर ज्यानै खतरामा पर्न सक्छ । त्यस्तै क्षमता भन्दा बढि मुल्य राख्दा त्यसको असर समर्थकको उपस्थितमा पर्छ । बढि मुल्य राख्दा त्यसको असर समर्थकको उपस्थितमा परेको हो भनेर अनुमान गर्न सकिन्छ । यसबारे सोच्न आवश्यक छ ।

February 26, 2025

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड बाहिरियो

एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]

February 26, 2025

केपिएलको उपाधि भिमदत्तलाई

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]

February 26, 2025

नन्दनको अलराउण्ड प्रदर्शनमा ललितपुरको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]

Success

Thank you for your time.