default_image

5 years ago

December 5, 2019

माल्दिभ्स ६ रनमा अल आउट

95 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला टि ट्वान्टी क्रिकेटमा माल्दिभ्स महिला क्रिकेट टोली बंगलादेशसँग ६ रनमा अल आउट भएको छ । २ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको माल्दिभ्स १२.१ ओभरमा ६ रनमा अल आउट भएपछि बंगलादेश २ सय ४९ रनको फराकिलो अन्तरले विजयी हुँदै फाइनलमा पुगेको छ ।

बंगलादेशले स्वर्णका लागि नेपाल र श्रीलंका मध्य एकसँग खेल्ने छ । जसको छिनोफानो शुक्रवार नेपाल र श्रीलंकाको खेलपछि थाहा हुने छ । माल्दिभ्सकी किनथा इस्लाम र सज्जा फाथिमथले १–१ तथा शाम्मा अलीले २ रन जोड्न बाहेक अन्यले खाता खोल्न सकेनन् ।

पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलि रहेको माल्दिभ्सको लागि ८ ब्याट्सवुमेनले खाता खोल्न सकेनन् । बंगलादेशका रितु मोनु र सल्मा खातुनले समान ३ लिए । त्यसअघि टस जितेर ब्याटिङ थालेको बंगलादेशले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय ५५ रन बनाएको थियो ।

बंगलादेशकी निगारा सुल्तान ६५ बलमा १४ चौका र ३ छक्का सहित १ सय १३ रनमा अविजित रहीन् । त्यस्तै फर्गाना हकले ५३ बलमा २० चौका सहित १ सय १० रनमा अविजित रहिन् । तेस्रो विकेटका लागि फर्गाना र निगाराले २ सय ३६ रनको साझेदारी गरेका थिए । माल्दिभ्सको शाम्मा अलीले १ विकेट लिइन् ।

पहिलो खेलमा नेपालसँग १० विकेट र दोस्रो खेलमा श्रीलंकासँग २ सय ४९ रनले पराजित भएको माल्दिभ्स जित विहीन हुँदै बाहिरिएको छ । बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई ७ विकेट र दोस्रोमा नेपाललाई १० विकेटले हराएको थियो । टि ट्वान्टी महिला आईमा माली महिला क्रिकेट टोली पनि गत जुनमा रेवान्डासँग ६ रनमा अल आउट भएको थियो ।

February 26, 2025

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड बाहिरियो

एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]

February 26, 2025

केपिएलको उपाधि भिमदत्तलाई

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]

February 26, 2025

नन्दनको अलराउण्ड प्रदर्शनमा ललितपुरको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]

Success

Thank you for your time.