5 years ago
December 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर पारस खड्काले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भुटानविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
पारसले २२ बलमा अर्ध शतक पुरा गरेका हुन् । टस हारेर ब्याटिङ थालेको नेपालले ७ ओभरमा ८९ रन जोड्न कुनै विकेट गुमाएको छैन । पारस २३ बलमा ९ चौका र१ छक्का सहित ५१ रनमा अविजित छन् । पारसको यो टि ट्वान्टी आईको चौथो अर्ध शतक हो ।
ज्ञानेन्द्र १९ बलमा २ चौका र २ छक्का सहित २८ रनमा खेलि रहेका छन् । पहिलो विकेटका नेपालले टि ट्वान्टी आईमा गरेको यो उच्च साझेदारी हो । यस अघि पहिलो विकेटका लागि गत जुलाईमा मलेसियाविरुद्ध ओपनर प्रदीप ऐरी र ज्ञानेन्द्र मल्लले ६६ रनको साझेदारी गरेका थिए ।
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]