default_image

5 years ago

December 4, 2019

युवा क्रिकेटर प्रशान्तलाई प्रायोजन

90 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय यू१६ टोलीका युवा क्रिकेटर प्रशान्त सिंहलाई राकेश कर्णले प्रायोजन गर्ने भएका छन् । तीन वर्ष सम्म प्रशान्तलाई क्रिकेट प्रशिक्षण देखी शैक्षिक सबै कुराको खर्च आफुले बेहोर्ने राकेशले हाम्रो खेलकुदलाई जानकारी दिए । पुर्व राष्ट्रिय खेलाडी समेत रहेका राकेश कर्णले प्रशान्तलाई क्रिकेटमा लाग्न सहज होस भनेर प्रयोजन गर्न लागेको बताए ।

‘प्रशान्तले उमेर समुहमा राम्रो प्रर्दशन गरि सकेको छ, उस्ले आर्थिक रुपमा संघर्ष गरि रहेको थाहा पाए । एउटा खेलाडीको करिअर बनाइदिन सक्छु भने मेरो लागि धेरै राम्रो कुरा हो भन्ने लागेर प्रायोजन गरेको हु । उसको तीन वर्षमा पढाई देखी क्रिकेट प्रशिक्षण सम्म जतिपनि खर्चहुन्छ त्यो सबै मेले बेहोर्ने छुउनले भने । राकेश अमेरिकामा बस्ने गर्दछन् । उनी प्रशान्तलाई प्रायोजन गर्न केहि दिन अघि नेपाल आएका थिए ।

प्रशान्तले प्रायोजन पाएपछि आफु क्रिकेट सिक्न काठमाडौं आएको बताएका छन् । ‘राजविराजमा खासै प्रशिक्षण र कोच हुदैनन् । उहाँले सहयोग गर्ने भएपछि म काठमाडौं आएको दुई महिना भयो, यसले मलाई धेरै फाइदा पुग्ने छ । प्रशान्तले शान्तिनगरमा रहेको ग्रेट हिमालय क्रिकेट एकेडेमीमा प्रशिक्षण गर्दै आएका छन् ।

गत अप्रिलमा थाइल्यान्डमा सम्पन्न एसीसी यू१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपाल च्याम्पियन बन्दा उनि टोलीका महत्वपूर्ण सदस्य थिए । यसै प्रतियोगिता खेल्न प्रशान्तले एसइइको परिक्षा त्यागेर यू१६ टोलीसँग थाइल्यान्ड गएका थिए । प्रशान्तले उमेर समुहको घरेलु प्रतियोगिता प्रदेश दुईबाट खेल्ने गर्दछन् । गत वैशाखमा मनमोहन मेमोरियल अन्तर प्रदेश यू१६-राष्ट्रिय क्रिकेट प्रतियोगितामा उपाधि प्रदेश २ ले जित्दा प्रशान्तले उत्कृष्ट प्रर्दशन गरेका थिए । प्रशान्त मध्यगतिका बलिङ अलराउन्डर हुन् ।

February 26, 2025

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड बाहिरियो

एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]

February 26, 2025

केपिएलको उपाधि भिमदत्तलाई

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]

February 26, 2025

नन्दनको अलराउण्ड प्रदर्शनमा ललितपुरको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]

Success

Thank you for your time.