5 years ago
December 4, 2019
पोखरा (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री बेलबासेले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा बंगलादेशसँग हानुको मुख्य कारण कमजोर ब्याटिङ रहेको बताएकी छिन् । बुधवार बंगलादेशसँग १० विकेटले पराजित भएपछि रुबिनाले हाम्रो खेलकुदसँग कुरा गर्दै यस्तो बताएकी हुन् ।
‘ब्याटिङमा हामी साझेदारी गर्न सकेनौं, जुन हारको कारण बन्यो । मैले जिम्मेवारी लिएर खेल्न सकिन, रुबिनाले भनिन् । अव फाइनलमा स्थान बनाउन नेपाललाई शुक्रवार श्रीलकासँग स्पष्ट जित निकाल्नु पर्ने हुन्छ । यस प्रश्मा रुबिनाले भनिन्, बंगलादेशसँगको प्रर्दशन हाम्रो लागि अनुभव हो । ब्याटिङमा सुधार गर्दै श्रीलंकाविरुद्ध जित निकाल्न मैदान उत्रने छौं, उनले भनिन् ।
बंगलादेशविरुद्ध नेपाल ५० रनमा अल आउट भएको थियो । हाम्रो ब्याटिङ कमजोर हो की प्लान ल्याकअप भन्ने प्रश्नको जवाफमा उनले भनिन्,’हाम्रो ब्याटिङ राम्रो हो । बंगलादेश उत्कृष्ट टिम भएकाले खेलाडीमा डर र दबाब देखियो, फिल्डिङ र बलिङ राम्रो नै छ ।’
नेपाल बंगालदेशसँग १० विकेटले पराजित भएको थियो । नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १० विकेटले हराएको थियो । नेपालले शुक्रवार लिग चरणको अन्तिम खेल श्रीलंकासँग खेल्ने छ । जुन खेलमा विजयी भए नेपाल फाइनलमा पुग्ने छ । पराजित भए बाहिरिने छ ।
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]