5 years ago
December 4, 2019
पोखरा (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला टि ट्वान्टी आई क्रिकेटमा माल्दिभ्स श्रीलंकासँग २ सय ४९ रनको फराकिलो अन्तरले पराजित भएको छ । यो श्रीलंका महिला टि ट्वान्टी क्रिकेटमा सर्वाधिक ठूलो जित हो । विश्व क्रिकेटमा टि ट्वान्टी आईमा तेस्रो ठूलो जित पर्दछ । युगान्डाले मालीलाई ३ सय ४ रनको फराकिलो अन्तरले हराएको जित नै महिला टि ट्वान्टीमा सर्वाधिक ठूलो जित पर्दछ ।
माल्दिभ्सका ५ ब्याट्सवुमेनले खाता खोल्न सकेनन् । कप्तान जुना मारियाम ५, सज्जा फाथिमाथ ६, हफ्सा अब्दुल्ला ५ र एसाल इभरहिमले ४ रन जोडिन् । श्रीलंकाकी जान्दी अनलीले ३ र सत्या सन्दीपनीले २ विकेट लिइन् । त्यस अघि पोखरा रंगशालमा टस हारेर ब्याटिङ थालेको श्रीलंकाले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय ७९ रन बनाएको थियो ।
ओपनर उमिषा थिमाशिनी १६ र जान्दी अनली ३२ रनमा आउट भएका थिए । तर कप्तान हर्षिता मादभीले ४७ बलमा १५ चौका र ३ छक्का सहित १ सय ६ रन जोडिन् । सत्या सन्दीपनी ४८ बलमा ११ चौका र ३ छक्का सहित ९६ रनमा अविजित रहिन् । तेस्रो विकेटका लागि थिमाशिनी र सन्दीपनीले २ सय २१ रनको अविजित साझेदारी गरेपछि श्रीलंकाले विशाल योगफल बनाएको थियो । माल्दिभ्सको लागि शाम्मा अली र लात्सा हिलीमथले १–१ विकेट लिइन् ।
माल्दिभ्स पहिलो खेलमा नेपालसँग १० विकेटले पराजित भएको थियो । श्रीलंकालाई बंगलादेशले ७ विकेटले हराएको थियो । माल्दिभ्सले विहीवार बंगलादेशसँग खेल्ने छ । श्रीलंकाले शुक्रवार नेपालसँग प्रतिस्पर्धा गर्ने छ ।
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]