default_image

8 years ago

June 23, 2016

मदन आश्रित क्रिकेटको उपाधि नेपाल पुलिसलाई

71 views

0 Bookmark

दोश्रो मदन आश्रित रास्ट्रिय टि२० क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । फाईनल खेलमा जनकपुरलाई ४९ रनले पराजित गर्दै पुलिसले बिजेता ट्रफी सहित रु १ लाख रुपैया हात पार्यो भने उपविजेता जनकपुरले रु ५० हजारमा चित्त बुझायो । युवा संघ नेपाल नगर कमिटि राजविराज, सप्तरी द्वारा आयोजित प्रतियोगितामा देशभरका ६ टोलि सहभागी थिए ।

madan aasrit cricket winner Police Club

प्रतियोगिताको उत्कृस्ट खेलाडी होराइजन क्रिकेट एकेडेमी ( बिराटनगर ) का पुष्प थापा , उत्कृस्ट ब्याट्सम्यान नेपाल पुलिस क्लबका शंकर राना तथा उत्कृस्ट बलर जनकपुर टिमका राज मोहम्मद घोषित भए । बिजेता टिम तथा खेलाडीलाई नेकपा एमालेका सुमन राज प्याकुरेल, जिल्ला खेलकुद विकास समितिका अधिकृत लक्ष्मण मण्डल, नेकपा एमाले जिल्ला अध्यक्ष गोबिन्द न्यौपानेले पुरस्कृत गर्नु भएको थियो ।

राजदेबी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको नेपाल पुलिस क्लबले पहिलो इनिंगमा पुरा २० ओभर ब्याटिंग गर्दै ७ विकेट नोक्सानीमा १७८ रनको स्कोर खडा गर्यो । पुलिसको लागि प्रेम तामांगले सर्बा्धिक ३०, योगेन्ऽ कार्कीले २९, दिपेन्ऐरीले २६, सिद्धान्त लोहनीले २३ तथा कुशल भुर्तेलले अविजित २० रन योगदान दिएका थिए । बलिंग तर्फ जनकपुर खेलाडी मेहबुब आलमले सर्बा्धिक ३ विकेट लिएका थिए भने कप्तान राज मोहम्मद र संजोक कर्णले २र२ विकेट हात पारेका थिए ।

प्रतिउत्तरमा ब्याटिंग गरेको जनकपुरले पुरै २० ओभर ब्याटिंग गरेपनि १२९ रन मात्रै बनाउन सक्यो । जनकपुरको लागि सौरभ नागबंशीले अविजित ३५, गोपाल सिंहले अविजित २९ तथा इशान पाण्डेले २१ र अभिषेक झाले १९ रन बनाएका थिए । स्टार ब्याट्सम्यान मेहबुब आलमले ६ रन मात्रै बनाउन सके िपुलिस बलर रामनरेश गिरिले ३ विकेट हात पारे भने दिपेन्ऽ ऐरीले २ भने कुशल भुर्तेल र मन्जित श्रेष्ठले १,१ विकेट आफ्नो नाम गरे ।

फाईनल खेलको म्यान अफ द म्याच नेपाल पुलिस क्लबका दिपेन्ऽ ऐरी घोषित भए ।

September 19, 2024

अश्विनको शतकमा भारत बलियो स्थितिमा

एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]

September 19, 2024

गुलशनको अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – गुलशन झाको अलराउन्ड प्रदर्शनको बाबजुत नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोलीसँग पराजित भएको थियो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य […]

September 19, 2024

ओमानको आधा टिम पेभिलियन फर्कियो

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको ओमानको आधा टिम पेभिलियन फर्किएको छ । ओमानका लागि पाँचौ विकेटका रुपमा प्रतिक अथाभाले आउट भएसँगै आधा टिम पेभिलियन फर्किएको हो । अथाभाले करण केसीको बलमा आउट भएका हुन् । उनले ३६ बलमा २६ रन बनाएका थिए । त्यसअघि चौथो विकेटका रुपमा आयान […]

Success

Thank you for your time.