5 years ago
December 4, 2019
एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली टेष्ट क्रिकेटको ब्याटिङतर्फ शीर्ष स्थानमा उक्लिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले बुधवार सार्वजनिक गरेको नयाँ टेष्ट वरियतामा विराटले अष्ट्रेलियाका पुर्व कप्तान स्टिभ स्मिथलाई पछि पार्दै शीर्ष स्थानमा फर्किएका हुन् ।
नयाँ वरियता अनुसार कोहली ९ सय २८ रेटिङ प्वाइन्ट सहित शीर्ष स्थानमा उक्लिएका हुन् । दोस्रो स्थानमा रहेका स्मिथको ९ सय २३ रेटिङ प्वाइन्ट छ । न्युजिल्यान्डका कप्तान केन विलियम्सन तेस्रो र भारतीय चेतेश्वर पुजारा चौथो स्थानमा छन् ।
अष्ट्रेलियाका ओपनर डेविड वार्नरले एकै पटक १२ स्थान फड्को मार्दै शीर्ष पाँचमा उक्लिएका छन् । पाकिस्तानसँगको दोस्रो टेष्टमा ३ सय ३५ नट आउट इनिङ खेलेका वार्नरलाई वरियातामा फाइदा पुगेको हो ।
छैटौं औं स्थानमा अजिंक्या रहाणे छन् । इंग्ल्यान्डका कप्तान जो रुटले ४ स्थान सुधार गर्दै सातौ स्थानमा आएका छन् । अष्ट्रेलियाका युवा खेलाडी मार्नस लाबुसेनले पनि ६ स्थान फड्को मार्दै आठौं औं स्थानमा आएका छन् ।
टेष्टको अलराउन्डरतर्फ वेस्ट इन्डिजका जोसन होल्डर शीर्ष स्थानमा कायमै छन् । बलिङतर्फ अष्ट्रेलियाका तीब्र गतिका बलर प्याट कमिन्स शीर्ष र दक्षिण अफ्रिका कागिसो रबाडा दोस्रो स्थानमा छन् ।
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]