5 years ago
December 4, 2019
काठमाडौं (हाम्रो खेलकुद) – युवा स्पिनर तनबीर इस्लामको घातक बलिङसँगै १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेटमा बंगलादेशले माल्दिभ्सलाई १ सय ९ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
बंगलादेशले प्रस्तुत गरेको १ सय ७४ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १९.२ ओभरमा अल आउट हुदै ६५ रनमा समेटियो । माल्दिभ्सका ओपनर हमिद हसनले १० र अली इभानले १२ रन बनाए ।
माल्दिभ्सका ९ ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । बंगलादेशका तनवीर इस्लामले ४ ओभरमा १९ रन खर्चेर ५ विकेट लिए । मिनहाजुल अबिदीन अफ्रिदी र अफिप हुसेनले २–२ विकेट लिए ।
त्यसअघि टियु मैदानमा टस जितेर ब्याटिङ थालेको बंगलादेशले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको थियो । बंगलादेशका ओपनर मोहम्मद नइम ३८, कप्तान सौम्य सरकार ४६, नजीमुल हसन सान्टो ४९, अफिफ हुसेन १६ र आसिर अलीले १२ रनको योगदान दिए ।
माल्दिभ्सका मोहम्मद महफुज, अजयान फ्रहथ र इबरहिम हसनले १–१ विकेट लिए । अव बंगलादेशले दोस्रो खेलमा शुक्रबार भुटानसँग खेल्ने छ । माल्दिभ्सले विहीवार श्रीलंकासँग प्रतिस्पर्धा गर्ने छ ।
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]