default_image

5 years ago

December 3, 2019

साग महिला क्रिकेट –बंगलादेश ७ विकेटले विजयी

76 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – बंगलादेशमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला क्रिकेट प्रतियोगितामा मंगलबार विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा भएको खेलमा बंगलादेशले श्रीलंकालाई ७ विकेटले हराएको थियो ।

श्रीलंकाले दिएको १ सय २३ रनको लक्ष्य बंगलादेशले १८.२ ओभरमा ३ विकेट गुमाएर विजय प्राप्त गरेकोथियो । बंगलादेशका लागि सजिदा इस्लाम अर्धशतक बनाएका थिए । सजिदा अविजित ५१ रन जोडेकी थिइन् । उनले ४५ बलमा ८ चौका प्रहार गरेकी थिइन् ।

टोलीका लागि आयसा रहमानले २९ रन र फरगंगा हकले अविजित २३ रन बटुलिन् । श्रीलंकाकी यु थिमासिनी, एस निसानसला र थारिक सिवान्डीले समान १ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो । श्रीलंकाको लागि यु थिमासिनीले अर्धशतक बनाइन् । उनले ४९ बलमा ४ छक्का र ५ चौकाको मद्दतमा ५६ रन बनाइन् । कप्तान एच माधवीले ३३ र एस संदिपनीले १२ रन जोडिन् ।

बंगलादेशकी नहिदा अख्तरले ४ र जहनर आलमले १ विकेट लिइन् । बंगलादेशकी संजिदा प्लेयर अफ द म्याच भइन् । बंगलादेशी कप्तान सलमान खातुनले पहिलो खेलमा प्रर्दशन सन्तोषजनक रहेको बताइन् । श्रीलंकाकी कप्तान हर्षिताले कमजोर बलिङ र फिल्डिङका कारण पराजित भएको बताइन् । साग महिला क्रिकेटमा बुधबार २ खेल हुनेछन् । नेपाल र बंगलादेश तथा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।

February 26, 2025

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड बाहिरियो

एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]

February 26, 2025

केपिएलको उपाधि भिमदत्तलाई

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]

February 26, 2025

नन्दनको अलराउण्ड प्रदर्शनमा ललितपुरको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]

Success

Thank you for your time.