default_image

5 years ago

December 3, 2019

‘फिल्डिङमा गल्ति गर्दा हार्यौ’– कप्तान ज्ञानेन्द्र

119 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को आफ्नो पहिलो खेलमा श्रीलंकासँग फिल्डिङमा गल्ति गर्दा हार्न परेको बताएका छन् । कीर्तिपुरस्थित मंगलबार श्रीलंकासँग ६ विकेटले पराजित भएपछि ज्ञानेन्द्रले यस्तो बताएका हुन् ।

 

‘फिल्डिङमा गल्ति गर्दा हामीले सोचे जस्तो भएन, आजको खेल जितेको भए हामी शीर्ष दुईमा रहेर फाइनल खेल्ने संभावना बढ्थ्यो,’ उनले भने,’ फिल्डिङको कारण जित नजिक पुगेर पनि हार्नु पर्यो ।’ नेपालले अझै अर्को बलियो बंगलादेशको सामना गर्न बाँकी छ । ‘ उनले भने,’ बंगलादेश बलियो छ । इमर्जिङ टिम्स एसिया कपमा पराजित भएुका थियौं । नयाँ कन्डिसमा बंगलादेशलाई खेल्न पनि चुनौती हुनेछ ।’

बलियो श्रीलंकाविरुद्ध दीपेन्द्र सिंह ऐरीले भने उच्च प्रदर्शनका साथ अर्धशतक पुरा गरेका थिए । दीपेन्द्रको प्रर्दशन बारे ज्ञानेन्द्रले भने, ‘मैले पहिला देखि नै भन्दै आएको छु । दीपेन्द्र एक्लै खेल जिताउन सक्ने क्षमता भएको खेलाडी हो । लामो समय पछि उनले ठूलो इनिङ खेल्दा खुसि छु । यो प्रदर्शनले आउने दिनका लागि फाइदा पुग्नेछ ।’

श्रीलंकाविरुद्ध ओपनिङ पूर्व कप्तान पारस खड्का र ज्ञानेन्द्रले गरेका थिए । निरन्तर ओपनिङ परिवर्तन हुँदै आएको नेपाली टोलीमा अब केहि समय पारस र आफुले गर्ने उनले प्रष्ट पारेका छन् । टस हारेर ब्याटिङ थालेको नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको थियो । दीपेन्द्रले ४४ बलमा ४ चौका र ३ छक्का सहित ७२ रन बनाएका थिए ।

१ सय ७३ रनको लक्ष्य श्रीलंकाले १९.१ ओभरमा पुरा गरेको थियो । त्यस क्रममा नेपालको फिल्डिङ कमजोर रह्यो । शाम्मु आशान र निशान मदुशकाले चौथो विकेटका लागि ९१ रनको साझेदारी गर्ने क्रममा नेपाली खेलाडीले ५ क्याच छाडेका थिए ।

यो हारले शीर्ष दुईमा रहेर फाइनल पुग्ने नेपालको सम्भावना कमजोर भएको छ । नेपालले बंगलादेश, भुटान र माल्दिभ्सलाई हराएर मात्र पुग्ने छैन, अन्य टोलीको नतिजा र रन रेटमा पनि भरपर्नु पर्ने हुन्छ । नेपालले दोस्रो खेलमा बिहीवार भुटानसँग खेल्ने छ ।

February 26, 2025

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड बाहिरियो

एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]

February 26, 2025

केपिएलको उपाधि भिमदत्तलाई

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]

February 26, 2025

नन्दनको अलराउण्ड प्रदर्शनमा ललितपुरको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]

Success

Thank you for your time.