default_image

5 years ago

December 3, 2019

श्रीलंकाविरुद्ध ब्याटिङ गर्दै नेपाल

130 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली (साग) पुरुष टि ट्वान्टी क्रिकेट अन्तर्गत पहिलो खेलमा नेपालले श्रीलंका विरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

टियु क्रिकेट मैदानमा श्रीलंकाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिर्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो । उपाधिको प्रमुख दाबेदार श्रीलंकालाई हराउन सके नेपालको फाइनल यात्रा सहज हुने छ । नेपालको टोलीमा आजको खेलमा राशिद खान, रोहित कुमार पौडेल, सन्दीप जोरा र कुशल भुर्तेल प्लेइङ ११ मा छैनन् । ओपनिङका लागिपुर्व कप्तान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्ल तयार भएका छन् । नेपालले तीन तीब्र गतिका बलर र २ स्पिनर खेलाएको छ ।

नेपालको प्लेइङ ११ :

ज्ञानेन्द्र मल्ल(कप्तान), पारस खड्का, सोमपाल कामी, करण केसी , दीपेन्द्र सिंह ऐरी, सुसन भारी, ललित नारायाण राजवंशी, विनोद भण्डारी(विकेटकीर), पवन सरार्फ, अभिनास बोहोरा, आरिफ शेख ।

श्रीलंकाको प्लेइङ ११ :

चारिथा निसालंका(कप्तान), कामिन्दु मेन्डिस, निसान मदुसंका, आशिन बन्दरा, जेहान डानियल, काभिष्का अन्जुला, दिभान्दु तिलकरत्ने असिता फ्रनान्डो र सचिन्दु कोलाम्बाजे ।

February 26, 2025

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड बाहिरियो

एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]

February 26, 2025

केपिएलको उपाधि भिमदत्तलाई

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]

February 26, 2025

नन्दनको अलराउण्ड प्रदर्शनमा ललितपुरको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]

Success

Thank you for your time.