5 years ago
November 30, 2019
एजेन्सी – अष्ट्रेलियाका ओपनर डेविड वार्नरले पाकिस्तानसँगको दोस्रो टेष्टमा तेहोरो शतक प्रहार गरेका छन् । दोस्रो दिन १ सय २० ओभरको पहिलो बलमा चौका प्रहार गर्दै वार्नरले ३ सय ८९ बलमा तेहोरो शतक पुरा गरेका हुन् ।
वार्नरको यो करिअरकै पहिलो तेहेरो शतक हो । अष्ट्रेलियाले इनिङ समाप्तिको घोषणा गर्दा उनी ३ सय ३५ रनमा नटआउट रहे । उनले ४ सय १८ बलको सामना गर्दै ३९ चौका र १ छक्का प्रहार गरे । अष्ट्रेलियाले ५८९-३ को स्थितिमा इनिङ समाप्तिको घोषणा गरेको हो । म्याथ्यु वेडले ३८ रनमा नटआउट रहे ।
तेहेरो शतक जोडेका वार्नरले दोस्रो दिनको खेलमा उनले जीवनदान पाएका थिए । मुसा खानको बलमा बाबर आजमले क्याच गरेपनि अम्पायरले नोबल दिएका थिए । तेहेरो शतकसँगै वार्नर अष्ट्रेलियाका लागि टेष्ट क्रिकेटको एकै इनिङमा सर्वाधिक स्कोर जोड्ने खेलाडीको सुचिमा दोस्रो स्थानमा पुगेका छन् । अष्ट्रेलियाका लागि म्याथ्यु हेडनले जिम्बाब्वेविरुद्ध ३ सय ८० रन जोडेका थिए ।
स्टिभ स्मिथ ३६ रनमा विकेटकिपर मोहमद रिजवानको हातबाट क्याच आउट भए । योसँगै स्मिथ टेष्टमा सर्वाधिक छिटो ७ हजार रन पुरा गर्ने ब्याट्सम्यान बनेका छन् ।
मार्नस लाबुसेन २ सय ३८ बलमा २२ चौका सहित १ सय ६२ रनमा बोल्ड आउट भए । उनलाई युवा तीब्र गतिका बलर शाहिन शाह अफ्रिदीले बोल्ड आउट गरेका थिए । उनले यो टेष्ट करिअरको दोस्रो शतक हो । यसअघि पहिलो टेस्टमा पनि उनले शतक प्रहार गरेका थिए ।
दोस्रो विकेटका लागि वार्नर र लाबुसेनले ३ सय ६१ रनको साझेदारी गरेका थिए । ओपनर जो बर्न्सलाई शाहिन अफ्रिदीले चौथो ओभरको चौथो बलमा मोहम्मद रिजवानबाट ४ रनमा क्याच आउट गराएका थिए । शाहिन शाह अफ्रिदीले सबै ३ विकेट लिए ।
March 5, 2025
एजेन्सी – न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो ।न्युजिल्यान्डले आइतवार हुने फाइनलमा भारतको सामना गर्नेछ । भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइनलमाबाट […]
March 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा ल्याएको छ । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले बुधवार एकेडेमीको औपचारिक रुपमा उद्घाटन गरे ।ललितपुर महानगरपालिका वडा २ स्थित सानेपामै खोलिएको एकेडेमी करिब ४ रोपनी क्षेत्रफलमा फैलिएको छ । एकेडेमी तयार गर्न करिब ३० लाख रुपैयाँ खर्च भएको एकेडेमीले जनाएको छ । […]
March 5, 2025
एजेन्सी – रचिन रविन्द्र र केन विलियम्सनको सानदार साझेदारीमा न्युजिल्याण्डले च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा दक्षिण अफ्रिकालाई जितको लागि ३ सय ६३ रनको विशाल चुनौती दिएको छ। लाहोरको गद्दाफी स्टेडियममा टस जितेर पहिले ब्याटिङ गर्यो। निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाउँदै ३ सय ६२ रनको सानदार योगफल बनायो। विल योङ्ग २१ रनना आउट हुँदा पहिलो विकेटको […]