5 years ago
November 30, 2019
विनोदबाबु रिजाल, भरतपुर
समय र परिस्थितिले साथ दिएमा २ वर्षपछि भरतपुरमा देशकै ठूलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तयार हुनेछ । राष्ट्रिय–अन्तर्राष्ट्रिय खेल त्यसपछि होलान नै । अहिले भने रंगशालाको आधारभूत काम गरिँदै छ । तर, एकातिर धमाधम अन्तर्राष्ट्रिय ग्राउण्डको काम भइरहेको बेला निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परिसरमा अस्थायी क्रिकेट मैदान तयार भएको छ ।
‘नमूना’ भनिएको क्रिकेट मैदानमा पहिलोपटक प्रतिस्पर्धात्मक क्रिकेट खेल समेत गरिएको छ । शुक्रबार रामपुर कृषि क्याम्पसका दुई समूहबीच खेल गरिएको हो । खेलमा सातौं ब्याचले छैटौं ब्याचमाथि ५ विकेटको जित निकाल्यो । ‘क्रिकेटको माहोल बनाउन नमूना मैदान बनाएका हौं’, रंगशाला निर्माण गरिरहेको धुर्मुस–सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले भने, ‘अब नियमित मैत्रीपूर्ण खेल गराइने छ ।’
मैत्रीपूर्ण खेल गराउने र त्यसलाई पनि सहयोग संकलनको माध्यम बनाउने उनले सुनाए । ‘म्याचैपिच्छे ग्राउण्ड चार्ज राखिने छ’, उनले भने, ‘त्यसबाहेक खेल्ने पक्षले पनि स्वतःस्फूर्त सहयोग गर्न सक्ने छन् ।’ शुक्रबार खेलिएको म्याचको क्रममा १३ हजार उठेको छ । सो खेल हेर्न २० रुपैयाँको टिकट पनि व्यवस्था गरिएको थियो । यसबाट उठेको रकम रंगशाला निर्माणमा खर्च गरिने फाउण्डेसनले जनाएको छ ।
शुक्रबार आयोजित खेलमा छैटौं ब्याचले टस जितेर ब्याटिङ रोजेको थियो । २० ओभरमा खेलमा छैटौं ब्याचले १ सय ४३ रनको स्कोर खडा ग¥यो, जसमा सन्तोष चन्दले ४६ बलमा विष्फोटक ८० रन बनाएका थिए । तर, उक्त स्कोर पर्याप्त भएन । सातौं ब्याचले १६।३ ओभरमा नै लक्ष्य भेटाएको थियो । टिमका लागि आकाशकुुमार साहले २८ बलमा सर्वाधिक ४१ रन बनाएका थिए ।
अन्तर्राष्ट्रिय मैदान बनाउन भने कट्टेल उत्तिकै प्रतिबद्धताका साथ लागेका छन् । ‘रातको दिन खटिइरहेका छौं’, उनले भने, ‘धेरैले सहयोग गरिरहनुभएको छ ।’ फाउण्डेसन जनसहयोग जुटाएर ३ अर्ब रुपैयाँको लागतमा यो रंगशाला निर्माण गर्ने प्रयासमा छ ।
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]