default_image

5 years ago

November 30, 2019

बंगलादेशको क्रिकेट टोलीमा ६ सिनियर खेलाडी

105 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा प्रतिस्पर्धा गर्न बंगलादेश क्रिकेट बोर्डले आफ्नो अन्तिम टोली घोषणा गरेको छ ।

शुक्रबार घोषणा गरेको १५ सदस्यीय  टोलीमा केहि दिन अघि घरेलु मैदानमा सम्पन्न एसीसी इमर्जिङ टिम्स एसिया कप खेलेको यू२३ टोलीलाई निरन्तरता दिएको छ । इमर्जिङ कपमा रहेका आबु हैदर र अमीनुल इस्लाम बाहेक अन्य सबै खेलाडी साग टोलीमा छन् । इमर्जिङ कपमा उप विजेता बनेको बंगलादेशले कप्तानमा नज्मुल हसन सान्तोलाई नै निरन्तरता दिएको छ ।

सौम्य सरकार, मोहम्मद नइम, अफिफ हुसैन, मेहदी हसन लगात धेरै खेलाडीले बंगलादेशको सियिनर टोलीबाट खेलेका छन् । बंगलादेशको साग टोलीमा ६ सिनियर टोलीबाट खेलका खेलाडी छन् । मोहम्मद नइम, अफिफ हुसैन, जाहिर हसन, नज्मुल हसन सान्तो, सौम्य सरकार र मेहदी हसन बंगलादेशको सियिनर टोलीबाट खेलेका खेलाडी हुन् ।

बंगलादेशका कप्तान सान्तोले इमर्जिङ टिम्स एसिया कपमा ५ खेलमा २ सय ८० रन बनाएका थिए । इमर्जिङ कपमा सर्वोउत्कृष्ट खेलाडी घोषित भएका सौम्य सरकार उसका प्रमुख खेलाडी हुन् । सरकारले इमर्जिङ कपमा २ सय ४४ रन बनाउनुको साथै ५ विकेट लिएका थिए । सरकार सिमित ओभरको खेलमा बंगलादेशको प्रमुख खेलाडी हुन् । इमर्जिङकपमा सुमन खानले १४ विकेट लिएका थिए ।

बंगलादेश फाइनलमा पाकिस्तानसँग ७७ रनले पराजित भएको थियो । बंगलादेशले समुह चरणमा नेपाललाई ८ विकेटले हराएको थियो । साग पुरुषका सबै खेल टियु क्रिकेट मैदानमा हुने छ । ५ टोली सहभागि सागमा लिगपछि शीर्ष दुई टोली स्वर्णका लागि भिड्ने छन् । तेस्रो र चौथो स्थानको टोली कास्यका लागि प्रतिस्पर्धा गर्ने छन् ।

बंगलादेशको खेल तालिका :

मंसिर १८: माल्दिभ्सविरुद्ध बंगलादेश

मंसिर २०: भुटानविरुद्ध बंगलादेश

मंसिर २१: नेपालविरुद्ध बंगलादेश

मंसिर २२ : श्रीलंकाविरुद्ध बंगलादेश

बंगलादेशको टोली :

मोहम्मद सैफ हसन, मोहम्मद नइम शेख, अफिफ हुसैन, जाहिर हसन, नज्मुल हसन सान्तो (कप्तान), याशिर अलि चौधरी, सैद मिनहाजुल आबीदीन अफ्रिदी, सुमन खान, महिदुल इस्लाम, तनबीर इस्लाम, मनिक खान, मेहदी हसन राना, सौम्य सरकार, मेहदी हसन र हसन मुहम्मद ।

February 26, 2025

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड बाहिरियो

एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]

February 26, 2025

केपिएलको उपाधि भिमदत्तलाई

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]

February 26, 2025

नन्दनको अलराउण्ड प्रदर्शनमा ललितपुरको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]

Success

Thank you for your time.