default_image

5 years ago

November 30, 2019

नेपाल ६ वर्षपछि घरेलु मैदानमा टि२० खेल्दै

102 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली घरेलु क्रिकेट सिमित टि२० प्रतियोगितामा नै निर्भर छ । प्रमुख तीन फ्रेन्चाइज लिगले घरेलु प्रतियोगिताका मुख्य आधार हुन् । घरेलु प्रतियोगितामा लगातार छोटो फर्म्याट खेलेको खेलाडीले टियु क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय टि२० नखेलेको ६ वर्ष भन्दा बढि भएको छ ।

सन् २०१३ मार्च अप्रिलमा एसीसी टि ट्वान्टी कप यता नेपालमा कुनै अन्तर्राष्ट्रिय टि ट्वान्टी प्रतियोगिता भएको छैन । यसै साता देखी सुरु हुने १३ औं दक्षिण एसियाली खेलुकद(साग) पुरुष क्रिकेट प्रतियोगितासँगै झण्डै ७ वर्षपछि टियु क्रिकेट मैदानमा टि ट्वान्टी प्रतियोगिता फर्किने छ ।

एसीसी टि ट्वान्टी कपमा नेपालले फाइनलमा अफगानिस्तानसँग ७ विकेटले पराजित भएको थियो । समुह ए बाट नेपाल ४ खेलमा ३ मा जित र १ मा हारका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको थियो । घरेलु मैदानमा नेपालले पछिल्लो पटक सन् २०१७ मा केन्यासँग आईसीसी वोल्ड क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत दुई खेल खेलेको थियो ।

सागमा नेपाल सहित, भुटान, माल्दिभ्स, बंगलादेश र श्रीलंकाको यू२३ टोली छन् । सबै टोलीले एक अर्कासँग भिड्ने छन् । लिग चरणपछि शीर्ष दुई टोली स्वर्णका लागि भिड्ने छन् । तेस्रो र चौथो स्थानमा रहेको टोलीबीच काँस्य पदकको लागि प्रतिस्पर्धा हुने छ ।

सागमा क्रिकेट दोस्रो पटक हुन लागेको हो । सन् २०१० मा बंगलादेशमा ११ औं सागमा भएको थियो । कास्य पदकको लागि पाकिस्तानसँग भएको प्रतिस्पर्धामा नेपाल २ विकेटले पराजित भएको थियो ।

February 26, 2025

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड बाहिरियो

एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]

February 26, 2025

केपिएलको उपाधि भिमदत्तलाई

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]

February 26, 2025

नन्दनको अलराउण्ड प्रदर्शनमा ललितपुरको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]

Success

Thank you for your time.