5 years ago
November 29, 2019
एजेन्सी – पाकिस्तानसँगको दोस्रो टेष्ट खेलमा अष्ट्रेलियाका ओपनर डेविड वार्नर र युवा खेलाडी मार्नस लाबुसेनले पहिलो दिनमै उत्कृष्ट शतक प्रहार गरेका छन् ।
पहिलो दिनको खेल सकिंदा अष्ट्रेलिया ७३ ओभरमा ३ सय २ रन बनाउन १ विकेट गुमाएको छ । डेविड वार्नर २ सय २८ बलमा १९ चौका सहित १ सय ६६ रनमा अविजित छन् । वार्नरको यो २३ औं टेष्ट शतक हो । पहिलो टेष्टमा वार्नरले १ सय ५४ रन प्रहार गरेका थिए ।
त्यस्तै मार्नस लाबुसेन २ सय ५ बलमा १७ चौका सहित १ सय २६ रनमा अविजित छन् । उनले यो टेष्ट करिअरको दोस्रो शतक हो । यस अघि पाकिस्तानसँगको पहिलो टेष्टमा लाबुसेनले १ सय ८५ रनको शतकीय इनिङ खेलेका थिए ।
दोस्रो विकेटका लागि वार्नर र लाबुसेनले २ सय ९४ रनको साझेदारी गरि सकेका छन् । ओपनर जो बर्न्सलाई शाहिन अफ्रिदीले चौथो ओभरको चौथो बलमा मोहम्मद रिजवानबाट ४ रनमा क्याच आउट गराए । ६ बलर प्रयोग गरेको पाकिस्तान वार्नर र लाबुसेनको अगाडी निरिह सावित भएका छन् । पहिलो टेष्टमा पाकिस्तान ५ रनको इनिङ अन्तरले पराजित भएको थियो ।
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]