5 years ago
November 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको जीत बहादुर स्मृती पाँचपोखरी सुपर-८ क्रिकेट प्रतियोगितामा आयोजक पाँचपोखरी क्रिकेट क्लब, भोटाङ युथ क्रिकेट क्लब, मेलम्ची नगरपालीका र श्रृखंला क्रिकेट क्लब सेमिफाइनलमा पुगेका छन् ।
पाँचपोखरीले यार्शा क्रिकेट क्लबलाई ३ विकेटले हराउँदै सेमिफाइनलमा पुगेको हो । टस हारेर ब्याटिङ थालेको यार्शाले ८ ओभरमा १ विकेट गुमाउँदै १ सय १ रन बनाएको थियो । उसका बिक्की तामाङ ६२ र शंकर तामाङले २५ रन जोडे ।
१ सय २ रनको लक्ष्य पछ्याएको पाँचपोखरीले २ बल अगाडीनै ४ विकेटको क्षतिमा पुरा गर्यो । पाँचपोखरीको जितमा अनुभवी ब्याट्सम्यान विजय कुमार धितालले १८ बलमा ३१ रन जोड्दै म्यान अफ द म्याच चुनिए । त्यस्तै निर्मल कार्कीले ३१ रनको योगदान दिए ।
भोटाङले बाराबिसेलाई २५ रनले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गर्यो । टस हारेर ब्याटिङ थालेको बाराबिसेले ८ ओभरमा ४ विकेट गुमाउँदै १ सय २० रन बनाएको थियो । उसका अरुण तामाङले ५५ र सुरज तामाङले २२ रन जोडे ।
१ सय २१ रनको लक्ष्य पछ्याएको बाराबिसेले ८ ओभरमा ५ विकेट गुमाउँदै ९५ रनमा समेटियो । विज्ञान बोहोराले २७ र बिनेश श्रेष्ठले २० रन जोडे ।
दोस्रो क्वाटरफाइनलमा मेलम्चीले भोटाङ देबीलाई २ विकेटले हराउँदै सेमिफाइनलमा स्थान बनायो । टस जितेर ब्याटिङ गरेको भोटाङ देबीले ८ ओभरमा २ विकेट गुमाउँदै १ सय २१ रन बनाएको थियो । उसका पेम्बा तामाङले ६२ र पासाङ तामाङले ३५ रन जोडे । १ सय २२ रनको लक्ष्य मेलम्चीले ४ बल अगाडीनै ५ विकेटको क्षतिमा पुरा गर्यो । उसका राम कृष्ण दुलाल ४२ र सुदीप दुलाल १८ रनको योगदान दिए ।
श्रृखंलालले सिन्धु लायन्सलाई ४ विकेटले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । टस जितेर ब्याटिङ थालेको सिन्धुले निर्धारित ८ ओभरमा ५ विकेट गुमाउँदै ७० रन बनायो । मनोज देउजा ३५ र सुदीप तिमिल्सिनाले १२ रन जोडे ।
७१ रनको लक्ष्य श्रृखंलालले ६.२ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । उसका जंग बहादुर तामाङ ३५ र लाक्पा तामाङले १२ रन जोडे । सेमिफाइनल र फाइनल शनिवार हुने छ । प्रमुख अथिथि पुर्व कानुन मन्त्री सांसद शेर बहादुर तामाङले पुरस्कार वितरण गर्ने बताइएको छ ।
पाँचपोखरी थाङ्गपाल गाउँपालिका वडा नम्बर ६ धापमा जन्मिएका पारा ओलम्पिक खेलाडी स्व जित बहादुर खड्काको स्मृतिमा यस प्रतियोगिता गरिएको हो । जीत बहादुरको २०७२ सालमा गएको महा-भुकम्पको परि मृत्यु भएको थियो ।
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]