5 years ago
November 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सिनियर टोलीका अनुभवी ब्याट्सम्यान शरद भेषावकरले माल्दिभ्सविरुद्ध आक्रामक अर्धशतक पुरा गरेका छन् ।
शरदले २२ बलमा २ चौका र ६ छक्का सहित अर्ध शतक पुरा गरेका हुन् । आठौं ओभरको अन्तिम बलमा कप्तान मोहम्मद महफूजलाई छक्का प्रहार गर्दै शरदले अर्धशतक पुरा गरेका हुन् । शरदलाई प्रदीप ऐरीले २३ रनमा साथ दिएका छन् । शरदले आठौं ओभरमा कप्तान महफूजलाई पहिलो, दोस्रो, तेस्रो र अन्तिम बलमा गरि एकै ओभरमा ४ छक्का प्रहार गरेका थिए ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले ९ ओभरमा १ विकेट गुमाउँदै १ सय ११ रन बनाएको छ । नेपालका ओपनर दिलिप नाथ १९ बलमा ३ चौका र १ छक्का सहित २७ रनमा आउट भए । माल्दिभ्सका बलरमाथि नेपालका ब्याट्सम्यानले मैदानमा चौका र छक्काको वर्षा बनाएका छन् ।
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]